काठमाडाैं । बाणिज्य बैंकहरूकाे चर्काे र चक्रवर्ती ब्याज सहन नसकेर व्यावसायीहरूले धमाधम आत्महत्याकाे बाटाे राेज्न थालेकाे दुखद खबरहरू आउन थालेका छन् ।
बैंककाे ऋणकाे बाेज खप्न नसकेर यसरी आत्महत्या गरेर प्राण त्याग्ने पछिल्लाे व्यावसायी, समाजसेवी, राजनीतिक कार्यकर्ता हुन् नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटी सल्लाहकार परिषद सदस्य तथा रामेछाप खाडादेवी-३,भीरपानीका संस्थापक देव वहादुर खत्री (दीपक पौडेल)।
व्यावसायी पाैडेल निकट मित्रहरूका अनुसार, उनले २०७९ फागुन १६ गते विहान अन्दाजी १० बजेको समयमा बुढानीलकण्ठ नगरपालिका वार्ड नम्बर ९ सिरडी काेलनीस्थित आफ्नै निवासमा नाम्लाेकाे डाेरीले पासाे लगाएर भर्याङमै आत्महत्या गरेका थिए ।
२०४४ सालदेखि काठमाडाैंमा वसाेवास गर्दै आएका र हार्डवेयर व्यवसायमा संलग्न पाैडेलकाे २०७६ चैतबाट काेभिडकाे लकडाउन भएपछि व्यवसाय(व्यापार) चाैपट्ट भएकाे थियाे । उनी निकटहरूका अनुसार, बैंककाे ऋण २० कराेड भन्दा बढी रहेकाे र मासिक ब्याज रकम नै १० लाख बुझाउनु पर्ने अवस्था रहेकाे थियाे ।
छिमेकीहरूका अनुसार, आत्महत्या गर्नु अघि दीपक पौडेलले आमालाई भाइकाे घरमा पठाएकाे, श्रीमतीलाई जुस किन्न पठाएर घरमा काेही नभएकाे माैका पारेर आत्महत्याकाे बाटाे राेजेका थिए । उनका जेठा छाेराले पेप्सीकाेलामा हार्डवेयर पसल सञ्चालन गर्दै आएका छन् भने माइलाे छाेरा अष्ट्रेलियामा रहेका, कान्छा छाेरा पढ्दै गरेका छन् ।
दुई श्रीमती, एक छाेरी र तीन भाइ छाेरा पिता दीपक पौडेलले घरबाटै आफ्नाे कार्यालय सञ्चालन गर्दै आएका थिए । आत्महत्यापछि उनकाे अफिसमा लगभग एक कराेडकाे प्राइम बैंककाे बैंक ग्यारेन्टी क्लेम भेटिएकाे बताइन्छ ।
अग्रज समाजसेवी, इमानदार, मिलनसार व्यक्तित्व दीपक पौडेलले लामाे समयदेखि धुम्रवराही चक्रपथ चाेक(स्मार्ट क्याफेसंगै)काे धन्वन्तरी आयुर्वेद अस्पताल रहेकाे लगभग १७, १८ कराेड रूपैयाँ पर्ने आफ्नाे घर र जग्गा समेत बेचेर बैंककाे ऋण तिर्ने जमर्काे पनि धेरै पटक गर्दै आएकाे बताइन्छ । तर, मन्दीकाे समयमा घरजग्गा विक्री नहुने, बैंकहरूले बस्न खान नदिने अवस्था सिर्जना भएपछि बाध्य भएर आत्महत्याकाे बाटाे राेजेका थिए ।
अग्रज समाजसेवी कमरेड दीपक पौडेलको असमायिक निधनले नेकपा एमाले भीरपानी पार्टी साथै सिङ्गो जिल्ला पार्टीलाई समेत अपूर्णीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेका छन् ।
एमाले भीरपानी पार्टीले शाेक व्यक्त गर्दै भनेकाे छ, ”स्व.क.देव ब. खत्रीको सदैव भीरपानी पार्टीमा अभाव रहने छ र सदैव उहाँको उच्च योगदानको सम्झना रहनेछ र हामी मर्माहत भएका छौं । हामीले एक असल राजनीतिक अभिभावक गुमाएका छौं ।”
‘समाजले एक असल समाजसेवी गुमाएको छ, दिवंगत दीपक पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शाेकाकूल परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दछ” भीम श्रेष्ठ, अध्यक्ष, एमाले खाडादेवी-३,भीरपानी रामेछाप तथा सम्पूर्ण वडा कमिटी परिवारले श्रद्धाञ्जलि व्यक्त गरेकाे छ ।