काठमाडौँ, नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
यसअघि मंगलबार उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहने बताउंदै उनले सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
राठौरले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गी मात्रै प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।













