Play

गतबर्ष आंफ्नो बुवालाई आक्रमण गरि घाइते बनाएका दाहालले यसबर्ष ७२ बर्षिय त्रिपाठीमाथि आक्रमण गरि ज्यान लिए

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर २४ मा पर्ने पामे बजार भन्दा माथि कार्कीको तगारा भन्ने स्थानमा ७२ वर्षीय वृद्धको हत्या गरिएको छ। स्थानीय ७२ बर्षका पूर्णभद्र त्रिपाठीलाई सोही ठाउँका ३३ बर्षीय जगत दाहालले बाउसो (कोदालो) र सिसाको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएको कारण उनको मृत्यु भएको थियो। बृद्धको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय जगत दाहाललाई पक्राउ समेत गरेको छ।

हत्यामा संलग्न रहेको भनिएका ३३ बर्षीय युवा जगत दाहाल बिगत केहि बर्षदेखी कुलतमा फँसेका थिए। गत बर्षको माघ महिनामा पनि उनले आंफ्नो बुवा सहित परिवारका सदस्यहरुलाई यसैगरी आक्रमण गरेर घाइते बनाएको र प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। स्थानीय अग्निधर त्रिपाठीले दाहालका परिवारका सदस्यको भनाई उद्दृत गर्दै गुरुकुल खबरलाई दिएको जनाकारी अनुसार त्यसबेला प्रहरीले निजा दाहाललाई कुलतमा फँसेको र मानसिक अबस्था समेत बिग्रेको भन्दै कुनै कारबाही समेत नगरी छाडेको थियो ।

उक्त घटनापछि उनले बेलाबखत ‘आंफुले ४ जनालाई मार्नुपर्ने’ भन्ने अभिव्यक्ति दिंदै आएको बुझिएको छ। निज दाहालका बुवा र त्रिपाठीको घर नजिक रहेको र उस्तै उमेरसमूह रहेको कारण बेलाबखत उनीहरु संगै बसेर जगत दाहाललाई सम्झाउने गर्दै आएको थिए । तर उनीहरुको कुरा मन नपराउने दाहालले सोमबार दुई बृद्धको चियागफ पछि आंफ्नो घरतर्फ जान लागेका बृद्ध त्रिपाठीलाई शुरुमा रक्सीको बोतलले टाउकोमा प्रहर गरेको र त्यसपछि बाउसोले हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते बनेका त्रिपाठीलाई तत्काल पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारको लागि पुर्‍याईएको भएपनि डाक्टरले मृत घोषित गरेका थिए।

त्रिपाठीलाई घाइते बनाएर फरार रहेका ३३ बर्षीय दाहाललाई प्रहरीले खोजतलास गर्ने क्रममा सोही दिन बेलुका नै पोखरा–२४ स्थित पामे बजार नजिकको पुलबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थल लाशजाँच मुचुल्का गरी मृतकको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पताल पठाएको छ।

प्रहरीले घटनास्थलबाट सोही घटनामा प्रयोग भएको १ थान बाउसो (कोदालो) र १ थान सिसाको बोतल बरामद गरेको छ। पक्राउ परेका दाहालविरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन।

२० आश्विन २०८३, मंगलवार १९:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा