Play

कांग्रेस केन्द्रीय समितिको आकार अझै बढ्यो, २९७ सदस्यीय केन्द्रीय समिति बनाईने

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको संशोधित विधान महाधिबेशनको बन्द सत्रले पारित गरेको छ । १५ औं महाधिवेशन अन्तर्गत दोस्रो दिन खुला मञ्चमा भइरहेको बन्द सत्रले पार्टीका महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको जनाइएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार अब बन्ने केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने भएको छ ।

जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै, महामन्त्री ३ जना रहनेमा एक जना महिला अनिवार्य गरिएको छ । पार्टीको कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरु मध्येबाट एक जनालाई मनोनित गरिने भएको छ।

नेपाली कांग्रेसमा १५ जना सहमहामन्त्री हुने र त्यसमध्ये ४ जना मनोनीत र बाँकी ११ जना निर्बाचनबाट सहमहामन्त्री हुने तय गरिएको छ। यसअघि कांग्रेसमा ८ जना सहमहामन्त्री हुने व्यवस्था थियो ।

पार्टीको केन्द्रीय सदस्यहरुमा प्रत्यक्ष खुलातर्फ ४५ जना, महिला प्रत्यक्षतर्फ १२ जना, प्रदेशतर्फ २८ जना, दलिततर्फ १२ जना, आदिवासी जनजातितर्फ १७ जना, खसआर्यतर्फ १५ जना निर्वाचित हुनेछन् । यस्तै, मधेसीतर्फ ११ जना, थारुतर्फ ५ जना, मुस्लिमतर्फ ३ जना, पिछडिएको क्षेत्रतर्फ २ जना, अल्पसंख्यक र अपांगतातर्फ १–१ जना तथा श्रमिकतर्फ ३ जना निर्वाचित हुनेछन् ।

यस्तै, पेशागततर्फ ७ जना र युवा (प्रदेश) तर्फ २१ जना निर्वाचित हुनेछन् । यस्तै प्रजातन्त्र सेनानि, द्वन्द्व पीडित र सहिद परिवार गरी ३ जनाा निर्वाचित हुने ब्यबस्था गरिएको छ ।

१९ आश्विन २०८३, सोमबार १९:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा