Play

पूर्वी नवलपरासीको चौसठ्ठी मोडमा बस दुर्घटना, कम्तीमा पाँचजनाको मृत्यु, तेह्र घाइते

गुरुकुल खबर


पोखरा, पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ। आज शनिबार बिहान करिब ४ बजे नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत एस मोडमा दुर्घटनामा परेको हो।प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट तल नालामा पल्टिएर दुर्घटना भएको थियो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बसमा सवार १८ जनामध्ये ५ जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन्।

बसमा १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। दुर्घटनापछि घाइतेलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। घटनास्थलमा एक जना मानिस च्यापिएकोले उनलाई निकाल्न दुई वटा क्रेनको प्रयोग गरिएको थियो।

घाइते गोरखाको गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती थारु र बाजुराको स्वामी कात्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढाको अवस्था मध्यम छ।  बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारुको अनुहार र दुवै हातमा चोट लागेको छ।

बाजुराको स्वामी कात्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बमको कम्मरमा चोट लागेको छ।  ललितपुरको कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्रीको टाउकोमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्कीको कम्मर र टाउकोमा चोट लागेको छ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको टाउकोमा चोट लागेको छ। सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकीको बायाँ हातमा सामान्य चोट लागेको छ।

१७ आश्विन २०८३, शनिबार १३:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा