पोखरा, नेपालीहरुको मुख्य चाडपर्वको सिजा शुरु हुन लागेपछि साल्ट ट्रेडिंग कर्पोरेसनले पोखरा लगायत मुलुकका बिभिन्न स्थानमा सुपथ मूल्यका पसलहरु संचालनमा ल्याएको छ। काठमाडौँ लगायत मुलुकका बिभिन्न स्थानमा दशैं, तिहार र छठ पर्वलाई लक्षित कृतिम अभाव, अनियन्त्रित मुल्यबृद्धि र कालो बजारी गर्नेहरुबाट उपभोक्तालाई जोगाउन सुपथ मूल्यका पसलहरु संचालनमा ल्याइएको कर्पोरेसनका बजार प्रबन्धक प्रज्वलमान प्रधानले गुरुकुल खबरलाई जानकारी दिए।
असोज पहिलो साताबाट शुरु भएका यस्ता पसलहरु छठ पर्वसम्म बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म संचालन गरिने छन शनिबार अर्थात बिदाको दिन समेत संचालन गरिने यस्ता पसलहरु कर्पोरेसनका काठमाडौँस्थित १३ वटा वितरण केन्द्र सहित देशका बिभिन्न जिल्लाको ४१ ठाउँमा संचालन गरिने उनले बताए ।

काठमाडौँको कालिमाटी, सतुंगल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर, कौशलटार, काँडाघारी, इमाडोल,महाराजगंज, जोरपाटी लागौयात्का स्थानमा यस किसिमका पसलहरु संचालनमा छन् भने काठमाडौँ बाहिर बिराटनगर, पोखरा, बिरगंज, नेपालगंज, धनगढी, सुर्खेत लगायतका स्थानमा सुपथ मूल्यका पसल संचालनमा रहेको प्रधानले जानकारी दिए। सुपथ मूल्यको पसल सम्बन्धी थप जानकारी कर्पोरेसनको वेबसाइट र सामाजिक संजालबाट पनि उपभोक्ताले जानकारी पाउन सक्नेछन ।
कर्पोरेसनका सुचना अधिकारी मोहन थापाका अनुसार सर्बसाधारण उपभोक्ताहरुलाई सहज ढंगले सुपथ मुल्यमा सामान उपलब्ध गराउन बर्षेनी यस किसिमका पसलहरु संचालन गरिंदै आएको छ। मुख्यरुपमा आम उपभोक्तालाई कर्पोरेसनले बिक्रि वितरण गराउंदै आएका सामानहरु चाडपर्वको समयमा पनि सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्य अनुरुप पसल संचालन गरिएको हो।

प्रति किलो चिनीको मूल्य रु १०५ रहेपनि कर्पोरेसनले सुपथ मूल्यका पसलबाट प्रति किलो १ सय रुपैयामा बिक्रि वितरण गर्दै आएको छ। जब की बजारमा चिनीको मूल्य १७० सम्म बिक्रि वितरण हुने गरेको समेत पाइन्छ यसिया अनुरुप कर्पोरेसनले २ देखि १ सय रुपैयासम्मको छुट दिएर बिभिन्न समान बिक्रि बितर गर्ने गरेको छ। चिनी नुन, चिउरा, दाल, मैदा, तेल चामल आदिमा पनि बढीमा १ सय रुपैयासम्मको छुट दिइएको छ। यसैगरि खाना पकाउने ग्यास पनि कर्पोरेसनले कुपनको आधारमा उपलब्ध गराउंदै आएको बुझिएको छ ।













