काठमाडौँ, नेपाली काँग्रेसको १५ औं महाधिबेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले १५ औं महाधिबेशन अन्तर्गत बिभिन्न जिल्ला अधिबेशन गर्नको लागि जिल्ला अधिबेशन तयारी समितिको संयोजक तोकेको छन। कांग्रेस नेता शेरबहादुर देउवा समूहको रुपमा परिचित नेपाली काँग्रेसले बिभिन्न ७७ जिल्लामा संयोजक तोकेको हो।
आगामी मंसिर २१, २२ र २३ गते काठमाण्डौमा नेपाली काँग्रेसको १५ औं महाधिबेशन गर्ने निर्णय भएको र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पुर्व महामन्त्री प्रा.डा.शशांक कोइरालाको संयोजकत्वमा १५ औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि बिभिन्न जिल्लामा सभापति र संयोजकहरु मनोनयन गरि जिल्ला अधिबेशनको प्रक्रिया अगाडी बढेको पार्टीले जनाएको छ ।
जिल्ला तयारी समितिहरुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र तयारी समितिहरु, प्रदेश सभा निर्वाचन क्षेत्र तयारी समिति, पालिका तयारी समिति, वडा तयारी समिति गठन गरि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन सकेर मंसिर ४ गते प्रदेश अधिवेशन गरिने भएको छ । सोही अनुरुप केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृत तोकेर जिल्लाहरुमा पठाइएको बुझिएको छ। बिभिन्न जिल्लाका जिल्ला सभापति वा संयोजकहरुको नामावली यसप्रकार रहेको छ।















