Play

कांग्रेस नेता शेखरको क्षेत्रमा कांग्रेस अधिबेशनमा झडप, काबा सभापति सहित केहि घाइते

गुरुकुल खबर


विराटनगर, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप भएको छ । बुधबार सुन्दर हरैचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विषयलाई लिएर झडप हुँदा नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन् । उनीहरू नोबेल मेडिकल कलेजमा भर्ना भएका छन् ।

झडपका क्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. डीला संग्रौलामाथि पनि हातपात भएको बताइएको छ । अधिवेशन अन्तर्गत बुधबार मनोनयन गर्ने कार्यसूची थियो । तर, उद्घाटन नै नहुँदै अधिबेशनस्थलमा तोडफोड र कुटपिट भएपछि अधिवेशन अन्योलमा परेको छ । यसअघि क्रियाशील सदस्य विवादमा वडा अधिवेशन समयमा नै भएको थिएन ।

मोरङ–६  डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस महाधिवेशनबाट अलग छन् । तर, अधिवेशनमा बिथोल्न कोइरालानिकट कार्यकर्ता रहेको कांग्रेस संस्थापन पक्षको दाबी छ । क्षेत्रीय सभापतिको जिम्मेवारीमा कोइरालानिकट नेता देवराज तामाङ थिए, उनले केन्द्रीय नेतृत्वलाई असहयोग गरेपछि अधिवेशन गर्ने गरेको जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो ।

बुधबार अधिवेशनस्थलमा तामाङ पनि खटिएका थिए । अधिवेशन सुरु हुनुअघि नै असन्तुष्टले तोडफोड गरेको उनले बताए । तोडफोड गर्ने आफू निकट रहेको भन्ने दाबी गलत रहेको उनको भनाई छ । ‘यहाँ क्रियाशील सदस्यता विवाद थियोे, त्यहीँ कारणले असन्तुष्ट रहेका वडाका प्रतिनिधिले विवाद गरेको र झडप हुन पुगेको हो ।’

वडास्तरमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा उठेको विवादका कारण अधिवेशन स्थलमा तनाव बढेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विवाद उग्र बनेपछि नेता तथा कार्यकर्ताहरूबीच हातपात र तोडफोड भएको थियो ।

१४ आश्विन २०८३, बुधबार १६:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा