Play

कांग्रेस महाधिबेशन: कास्की- २ को सभापतिमा नबिन, प्रदेशमा भोजराज र अमृत जीतको नजिक, अन्य क्षेत्रको अबस्था के?

कास्की -२ मा देवराज चालिसे र शुक्रराज शर्माको गुट र बिन्दु थापाको गुटबीच कडा प्रतिष्पर्धा


गुरुकुल खबर


पोखरा, नेपाल कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्कीमा क्षेत्रिय समिति, महाधिबेशन प्रतिनिधि, प्रदेश समिति र प्रदेश प्रतिनिधिको लागि भएको चुनाब अन्तर्गत कास्की -२ को मतगणना जारी छ। कास्की -२ मा महाधिबेशन प्रतिनिधिहरुको केहि मत गन्न बाँकी रहेपनि हाल स्थगित गरि बिहान १० बजेपछी मात्र मतगणना पुन शुरु गर्ने भनिएकोले आधिकारिक रुपमा नतिजा सार्बजनिक गरिएको छैन।

यता कास्की -१ मा मतगणनाआहिले बिहान बाट शुरु गरिंदै छ। तर कास्की -३ प्रदेश क मा भने हिजो हुनुपर्ने मतदान रोकिएको कारण आज १० बजेबाट मतदान शुरु हुने र त्यसपछि मात्र मतगणना हुने भएको छ। आज बुधबार बेलुका सम्म कास्कीका २ वाट निर्बाचन क्षेत्रको मतगणनाको परिणाम सार्बजनिक हुने अनुमान गरिएको छ।

कास्की क्षेत्र न, २ मा ५ सय क्षेत्रिय ५४ प्रतिनिधि रहेको यस क्षेत्रमा ५ सय ४० मत खसेको छ । प्रदेश सभा क्षेत्रततर्फ २ (क) मा २ सय ५६ र (ख) मा २ सय ८४ मत खसेको छ ।  क्षेत्र नम्बर २ को सभापतिमा देवकृष्ण पराजुली, देवराज आचार्य, नविन बराल र सुभाष सिग्देलको बीचमा प्रतिष्पर्धा भएकोमा नबिन बराल बिजयको नजिक पुगेका छन श्रोतका अनुसार बरालले उनकै निकटतम प्रतिद्वन्दी शुभाष सिग्देलको भन्दा ६ मत बढी पाएको छन।

मतगणनाको यो परिणामले कास्की -२ मा देवराज चालिसे र शुक्रराज शर्माको गुट बिन्दु थापाले बनाएको भन्दा केहि बलियो देखिएको छ। हुन त अन्तिम अबस्थामा थापाले पनि क्षेत्रिय सभापतिमा शुभाष सिग्देललाई छोडेर नबिन बराललाई नै समर्थन गरेको बताइन्छ। थापाले महाधिबेशन प्रतिनिधिमा आँफु सहित आंफ्ना केहीलाई सहज ढंगले जीत निकाल्न अन्तिम अबस्थामा चालिसे समुहसंग सौदाबाजी गरेको बुझिएको छ।

यसैगरी, कास्की २-क मा भोजराज आचार्यले अर्जुन पोखरेललाई र प्रदेश ख मा अमृत शर्मा तिमिल्सिनाले सुबर्ण केसी र दिपेन्द्र मर्सानीलाई जित्ने करिब पक्का भएको छ ।

कडा प्रतिष्पर्धाको आधारमा उनीहरुको जीतहार हुने अबस्था रहेको मतगणनामा खटिएका कांग्रेस कार्यकर्ताको भनाई छ। आचार्यलाई चालिसे गुटको र पोखरेललाई थापा गुटको रुपमा चर्चा गरिएको थियो यसैगरी प्रदेश ख मा बिन्दु थापा गुटमा मर्सानी र  चालिसे गुटमा तिमिल्सिना रहेको बताइएको छ।

तर महाधिबेशन प्रतिनिधिको मतपत्र रहेका दुईवटा बाकसको मत गन्न अझै बाँकी रहेको र ति बाकसमा सभापति सहित अन्य पदधिकारीको मतपत्र हुन सक्ने र त्यसले मतगणनाको परिणाम फेरबदल हुन सक्ने आशंकाका कारण निर्बाचन समितिले आधिकारिक रुपमा मतगणनाको परिणाम सार्बजनिक गरेको छैन।

कास्की क्षेत्र नम्बर १ को सभापतिका लागि भएको निर्वाचनमा ९ सय ७० मत खसेको छ । १ हजार २२ प्रतिनिधि रहेको यस क्षेत्रको प्रदेश सभा (क) तर्फ ४ सय ७७ र (ख) तर्फ ४९३ मत खसेको छ । कास्की -१ को मतगणना अहिले बिहनाबता शुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

कास्कीको क्षेत्र नम्बर १ को सभापतिमा ३ जना अप्सरा श्रेष्ठ, सरोज केसी, ओमप्रकाश गुरुङ चुनावी मैदानमा छन् । त्यस क्षेत्रमा नरेन्द्र थापा पनि चुनाबी प्रतिष्पर्धामा आउने भनिएपनि अन्तिम अबस्थामा उनलाई क्षेत्रिय सभापति बाट प्रदेश सभापतिमा झारेर निर्बिरोध गरिएको थियो। उनि निर्बिरोध भएपछि सरोज केसी क्षेत्रिय सभापति बन्न सहज देखिएको छ तर गुरुङले पनि सम्मानजनक मत पाउनसक्ने देखिएको छ

कास्की -१ मा अन्तिम अबस्थामा दीपक गुरुङ माइला र कृष्ण केसीबिचको तालमेल पछि नरेन्द्र थापालाई व्यक गरेर प्रदेश सभापति बनाएको बताइन्छ। थापालाई प्रदेश सभापति बनाउँदा उक्त प्रदेशबाट सभाति बन्ने चाहना राख्दै आएका मुराहरी कोइराला लगायतलाई पन्छाइएको बताइन्छ   क्षेत्र न. १ को प्रदेश  (ख) मा यमबहादुर गुरुङ र अर्जुन गुरुङबीच प्रतिस्पर्धा छ।

कास्कीको क्षेत्र नम्बर ३ को क मा भने मतदान बिथोलिएको छ । ९ सय ७६ प्रतिनिधि रहेको यस क्षेत्रको प्रदेश सभा (ख) मा मतदान भएपनि (क) को स्थगित भएको हो । केही उम्मेदवारहरूको नाम मतपत्रमा छुट्न गएपछि मंगलबारका लागि तोकिएको मतदान प्राविधिक त्रुटि भन्दै स्थगित गरिएको हो । त्यस क्षेत्रको प्रदेश क को मतदान अहिले बिहान १० बजेपछि हुने भएको छ।

कास्कीको क्षेत्र नम्बर ३ को सभापतिमा प्रकाश बराल र विष्णुबहादुर क्षेत्री र प्रदेश सभा (क) तर्फ मेखबहादुर तामाङ र शिव तिमिल्सिनाको उम्मेदवारी पत्रेको छ भने प्रदेश (ख) मा विजय गुरुङ र लक्ष्मी पौडेल प्रतिस्पर्धामा छन् । यहाँ ५ सय २२ मतदाता रहेकामा ५ सय ७ मत खसेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय तालिका अनुसार असोज १० गते हुने भनिएको क्षेत्र र प्रदेशको अधिवेशन भारी वर्षाका कारण असोज १२ गतेका लागि सरेको हो । यसअघि असोज ७ गते स्थानीय तह र असोज ३ र ४ गते वडा तहको अधिवेशन भइसकेको छ । नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यक्रम तालिका सार्वजनिक गरेको छ । काठमाडौंमा १८ असोजबाट सुरु हुने महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरिएको हो ।

कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सार्वजनिक गरेको विज्ञप्तिमा असोज १५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेसन दर्ता १६ र १७ गते हुनेछ । असोज १८ गते दिउँसोको २ बजे खुल्ला मञ्च, टुँडिखेलमा महाधिवेशनको उद्घाटन गरिने उल्लेख गरिएको छ ।

महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते हुने छन् । कांग्रेसले निर्वाचनको कार्यक्रम असोज २१ र २२ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । देशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण महाधिवेशन १६ गतेबाट सरेको कांग्रेसले बताएको छ । केन्द्रीय महाधिवेशनमा सात हजारको संख्यामा प्रतिनिधि जाने कांग्रेसले बताएको छ ।

१४ आश्विन २०८३, बुधबार ०७:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा