Play

पोखरामा चलचित्र ‘पेन्सन पट्टा’को राम्रो प्रभाव: दर्शकको बढ्दो सहभागिताले हलमा शो संख्या समेत बढाइयो

गुरुकुल खबर


पोखरा, माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो प्रभाव कायम राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । क्युएफएक्सले दैनिक ६ शो, मिडटाउन सिनेमाजले ५ शो र श्रीकृष्ण चलचित्र मन्दिरले ३ शो सञ्चालन गरिरहेका छन् । चलचित्रका सबै शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।

सोमबार ‘पेन्सन पट्टा’का कलाकार दयाहाङ राई, पुस्कर गुरुङ, सोल गुरुङ, विश्वास गुरुङ, माया गुरुङ, मनिका गुरुङ, डिबी गुरुङ लगायतका कलाकार पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । निर्देशक एवम् लेखक माओत्से गुरुङसहितको टोलीले दर्शकसँग चलचित्रको प्रतिक्रिया लिएको थियो । मिडटाउन सिनेमाज र पोखरा ट्रेडमलस्थित क्युएफएक्सका दुई शोमा पुगेर नायक दयाहाङ राईले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । दर्शकको प्रतिक्रिया लिँदै उनले आफूले व्यक्तिगत रूपमा सोचेको भन्दा पछिल्लो समय चलचित्रले राम्रो माया पाइरहेको बताए ।

रसुवाको बाढी र ग्यासको समस्याका कारण मनोरञ्जनका लागि हल पुग्ने दर्शकको संख्या कम हुनसक्ने आफूले सोचेको भए पनि त्यसो नभएको दयाहाङले उल्लेख गरे । चलचित्रमा आफूले निभाएको ‘राजन’ पात्रलाई दर्शकले आफ्नै परिवार वा सामाजिक परिवेशभित्रको पात्रका रूपमा पाएको उनको भनाइ छ ।
कलाकार पुस्कर गुरुङले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटी निकै सकारात्मक र बढ्दो रहेको बताए । पोखरा मात्र नभई काठमाडौंका हलमा समेत आफू पुग्दा दर्शकले दुई–दुई पटकसम्म चलचित्र हेर्न आएको उनले उल्लेख गरे । ‘हिजोभन्दा आज र आजभन्दा भोलि अझ धेरै पेन्सन पट्टाको माहोल बढ्दै गएको छ,’ पुस्करले भने । नायिका सोल गुरुङले पहिलो पटक दर्शकको प्रतिक्रिया लिन हलहलमा पुग्दा उत्साह थपिएको बताइन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो देख्दा खुशी लागेको उनको भनाइ छ ।

निर्देशक माओत्से गुरुङले पोखरा मात्र नभई बुटवल, चितवन, लमजुङ, तनहुँ, झापा र काठमाडौंका केही स्थानमा समेत चलचित्रले राम्रो दर्शक सहभागिता पाइरहेको बताए । चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको र फिल्म समीक्षकबाट समेत सौहार्दपूर्ण समीक्षा आएकाले पछिल्लो समय दर्शक हलमा पुगिरहेको उनले उल्लेख गरे । ‘रिलिजको तेस्रो दिनसम्म काठमाडौंमा दर्शकको कमी थियो । तर चौथो दिन सोमबारबाट काठमाडौंमा समेत दर्शकको भीड बढ्दो छ,’ माओत्सेले भने । काठमाडौंका विभिन्न मल्टिप्लेक्समा चलचित्रलाई समय उपलब्ध गराइएको र ती हलमा दर्शकको उपस्थिति राम्रो रहेको उनको भनाइ छ ।

३० भाद्र २०८३, मंगलवार २०:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा