Play

बाढीका कारण १२ हजार मानिस सम्पर्क बिहीन ? वास्तविक संख्या पत्ता लगाउन प्राबिधिकहरुको प्रयास

गुरुकुल खबर


काठमाडौँ, आकस्मिक बाढीका कारण सम्पर्क बिहीन भएको कारण करिब १२ हजार मानिस खोजिदिन भन्दै आँफन्तहरुले अनुरोध फारम भरेका छन।  आज शुक्रबार मध्यान्हसम्म सेतु एपमा सम्पर्कविहीन आफन्त खोजीका लागि १ हजार ५ सय ६७ जनाले सहयोग अनुरोध फाराम भरेको र उनीहरुले आँफुहरुसंग सम्पर्कमा नरहेका करिब १२ हजार मानिस खाेजिदिन फाराम भरेको छन। यसरी फाराम भरेका मध्ये १ सय ४४ जना भने सम्पर्कमा आइसकेको बताइन्छ।

सरकारले बाढी प्रभावितहरुको लागि आवश्यक स्थानमा छिटो सहायता पुर्‍याउनका लागि उद्धारकर्मी, कमान्ड केन्द्र र फिल्डका सवारी साधन सञ्चालकहरूलाई एउटै लाइभ नक्सामा जोड्न ‘सेतु र्‍यापिड’ एप सञ्चालन गरेको र त्यस एपमा राखिएको अनुरोध फारममा हालसम्ममा १२ हजार मानिसको खोजीको लागि आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटलाइटबाट बाढी प्रभावित क्षेत्रका घरको संख्या निकालेर सम्पर्कविहीनको संख्या निकाल्ने प्रयास गरिरहेको छ। नेपाली नम्बर नबोकेका विदेशी नागरिकको खोजीमा भने नेटवर्क ट्रयाकिङ गर्न कठिन देखिएको प्राधिकरणका प्राबिधिकहरु बताउँछन्। अनुरोध फाराममा हुन सक्ने डुप्लिकेसनलाई हटाउन नेपाल टेलिकम र एनसेलका कर्मचारीहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)मा बसेर सम्पर्कविहीन मानिसको खोजी कार्यमा सहयोग गरिरहेका छन।

विभिन्न मन्त्रालयका साथै प्रधानमन्त्री कार्यालयको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधि सहित राज्यका सबै निकाय सम्मिलित टोलीले उद्वार र राहतको लागि आबश्यक तयारी र छलफल समेत प्राधिकरणबाट नै गरिरहेको छ । त्यसमा नेपाल टेलिकम (एनटीसी) र एनसेलले बाढी आउनुपूर्व नेटवर्कमा रहेका प्रयोगकर्ता विवरण निकालेर सम्पर्कविहीन भएका मानिसको पहिचान गर्न सहयोग गरिरहेको छ।

सञ्चार सम्पर्क टुटेका स्थानका नेटवर्क जडान गर्न अपरेटरहरूले मर्मत कार्यलाई तीव्र बनाएका छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि मोबाइल टावरको मर्मत कार्य भइरहेको छ। रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा बाढीका कारण सञ्चार सेवा अबरुद्द बनेको थियो। यसबीच उक्त सेवा सञ्चालनका लागि जेनेरेटर र सोलारसहितका पोर्टेबल मोबाइल टावर सञ्चालनमा ल्याईएको छ।

हाल सञ्चालनमा रहेका बाढी प्रभावित जिल्लाका अन्य बीटीएसहरूमा कभरेज र क्षमता बढाएर प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने कार्य भइरहेको एनटीसीले जनाएको छ। एनटीसीले न्यौपानेचौर तथा राम्चे आसपासका किस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ, क्यान्जिन लगायतका क्षेत्रहरूमा सेवा सुचारू गरेको छ।

चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट गरी समग्रमा प्रभावित देखिएका १५२ साइटमध्ये ६० साइट सञ्चालनमा आउन बाँकी छन्। बाँकी साइट समेत सञ्चालनमा ल्याउनका लागि आवश्यक कार्य भइरहेको एनटीसीले जनाएको छ।  एनसेलले पनि आफ्नो अवरुद्ध प्रणाली सुचारु गर्न थालिसकेको छ। एनसेलका अनुसार नुवाकोटका ८, रसुवा तथा धादिङका ३–३ वटा साइट सञ्चालनमा ल्याएको छ।

बट्टार, विदुर, खल्ते, देउराली, शिवालय डाँडा, सुनौला बजार, खड्का भञ्ज्याङ, महामण्डल, खल्चेत भञ्ज्याङमा रहेका साइट सञ्चालनमा आएको एनसेलले जनाएको छ। यस्तै, बट्टार बजार, भूमिडाँडा, पिपलटार, गोलजुङ र गतलाङमा रहेको एनसेल साइट मर्मतपछि सञ्चालनमा ल्याइएको छ। यता ब्याकअप प्रणालीमार्फत विद्युत् आपूर्ति भइरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। पोर्टेबल मोबाइल टावर र विद्युत् आपूर्तिपछि सञ्चार प्रणाली पुरानै अवस्थामा फर्काएर नेटवर्कबाहिर रहेका सम्पर्कविहीन मानिसको तथ्यांक निकाल्ने प्राधिकरणको तयारी छ।

१२ भाद्र २०८३, शुक्रबार १६:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा