Play

भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्क बिहिन अबस्थामा, पोखरा क्षेत्रबाट पनि सहयोग संकलन जारी

गुरुकुल खबर


पोखरा, रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी कास्की जिल्लाबाट त्यस क्षेत्रमा पुगेकाहरु मध्ये १४ जना सम्पर्कविहीन भएको विवरण सार्बजनिक भएको छ । कास्की जिल्लाबाट त्यस क्षेत्रमा पुगेको तर बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको भन्दै उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायको सम्पर्कमा आएको आधारमा हालसम्म कास्कीका १४ जना उक्त घटनामा परेर सम्पर्क बिहिन भएको र यस्तो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

विभिन्न काम, भ्रमण तथा अन्य प्रयोजनले रसुवा पुगेका व्यक्तिहरू सम्पर्कविहीन भएको भन्दै आफन्तले कास्की जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गुरुकुल खबरलाई जनाकारी दिए । उनले विवरण संकलनको क्रम जारी रहेको बताउंदै हालसम्म पोखरा–१७ की सविना पौडेल, पोखरा–१५ का छमप्रकाश थापा, पोखरा–१५ की मनु बुढा, पोखरा–५ की सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य, पोखरा–१२ का लीलाबहादुर थापा, पोखरा–१२ का सुमन श्रेष्ठ, पोखरा–१५ की देवीकुमारी गुरुङ, पोखरा–१३ की विनु गुरुङ र पोखरा–१४ का गोविन्दबहादुर अधिकारी सम्पर्क बिहिन भएको जानकारी प्राप्त भएको बताए।

यसैगरी कास्कीमा बसोबास गर्दै आएका सिराहाको धनगढीमाई नगरपालिका स्थायी ठेगाना भएका आनन्दकुमार महतो, सिन्धुलीका प्रविन पुर्जा, काठमाडौंका राजेश शर्मा तथा ठेगाना खुल्न नसकेकी प्रमिला पाठक पनि सम्पर्कविहीनको सूचीमा रहेको र राजेश शर्मा दुई बालबालिकासहित रहेको हुन सक्ने आफन्तले जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

यसैबीच, बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पोखराबाट सरकारी निकाय, निजी क्षेत्र तथा व्यवसायीले सहयोग अघि बढाएका छन्। पोखरा महानगरपालिकाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने उनले जानकारी गराए ।

महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरिएको छ। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको महानगर प्रमुख आचार्यले बताए ।

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा पोखरा क्षेत्रबाट पनि रकम सहयोग गर्ने क्रम जारी छ बिभिन्न संघ संस्था, व्यक्ति र उधोगी ब्यबसायी एबम बिभिन्न पेशा र ब्यबसाय गर्नेहरुले रकम जम्मा गरिरहेको छन।

१२ भाद्र २०८३, शुक्रबार ०७:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा