Play

संकटको सामना गर्न १० बुंदे साझा संकल्प, सर्वदलीय संयन्त्र गठन र अन्तराष्ट्रिय समुदायसंग सहयोगको अपिल

गुरुकुल खबर


पोखरा, नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीका कारण भएको जनधनको क्षतिप्रति नेपालका बिभिन्न ८ वटा राजनीतिक दलहरुको बैठकले गहिरो दुःख व्यक्त गरेको छ। सर्बदलीय बैठकले विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता समेत जनाएको छ ।

आज बिहीबार सिंहदरबारमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राष्ट्रिय रुपमा पीडा व्यक्त गर्नुको साथै बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण एबम शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले उनीहरूको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा एकमत जाहेर गरेको छ ।

विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको भन्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का हुने प्रतिबद्धता बैठक पछी सार्बजनिक गरिएको बिज्ञप्तीमा जनाईएको छ ।

बैठकले विपद्को दिगो समाधान तथा आगामी दिनमा पूर्वतयारीका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी गरेको छ । अपिल जारी गर्ने ८ वटा दलका नेताहरुमा रास्वपाका सभापति रवि लामिद्धछाने, कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंह छन् ।

११ भाद्र २०८३, बिहीबार १३:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा