Play

आकस्मिक बाढीका कारण करिब ४ सय पर्यटक सम्पर्क बिहीन, १४ वटा बिधुत आयोजना प्रभावित

गुरुकुल खबर


काठमाडौँ, तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आज बुधबार बिहान करिब साढे आठ बजे आएको आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रमा रहेका करिब ३ सय ८४ जना पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  नेपाल पर्यटन बोर्डले जारी गरेको दोस्रो अद्यावधिक विवरणअनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक गरि ३ सय ८४ पर्यटक रहेका छन्।

पर्यटन तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार विभिन्न १० वटा एजेन्सीमार्फत यात्रामा निस्किएका पर्यटकहरू बाढीपछि सम्पर्क बिहिन अबस्थामा छन। बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक रहेको बोर्डले जनाएको छ। तर, कैलाश जर्नी, ट्रेकर्स सोसाइटी र रिचा टुर्समार्फत गएका १११ जना विदेशी नागरिकको  राष्ट्रियता भने खुल्न बाँकी छ।

ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना बेपत्ता रहेकोमा ७७ विदेशी र १५ नेपाली रहेको बताइएको छ। सम्राट टुर्स एन्ड ट्राभल्सका ५९ भारतीय र १२ नेपालीसहित ७१ जना, लिफ हलिडेका ४६ भारतीय र ९ नेपालीसहित ५५ जना तथा हिमालयन ग्लेसियरका ३७ गैरआवासीय भारतीय (एनआरआई) र १५ नेपालीसहित ५२ जना सम्पर्कविहीन अवस्थामा रहेका छन्। यसैगरी कैलाश जर्नीका ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७, अल्पाइन इको ट्रेकका २०, काठमाडौँ हलिडे टुर्स एन्ड ट्राभल्सका १७, रिचा टुर्स एन्ड ट्राभल्सका १२ र एक्सप्लोर भ्याकेसनका ७ जना पर्यटक सम्पर्कमा आइनसकेको बुझिएको छ ।

बाढी प्रभावित क्षेत्रमा रहेका वा त्यहाँबाट यात्रा गरिरहेका पर्यटकको अवस्था पत्ता लगाउन सरोकारवालाहरू सक्रिय रूपमा लागिरहेका छन्। ‘हामी पर्यटक र यात्रुहरूको सुरक्षित अवस्था तथा उनीहरू रहेको स्थान पहिचान गर्न निरन्तर काम गरिरहेका छौँ,’ नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन क्षेत्रका सरोकारवालाहरूको संयुक्त प्रयासलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त जानकारीलाई ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा रुजु गर्ने काम भइरहेको छ।’

यसैबीच, उक्त आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीबाट दुवै जिल्लाका सञ्चालनमा रहेका ९ र निर्माणाधीन ५ गरी १४ विद्युत् आयोजना प्रभावित भएका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवामा पाँच सञ्चालनमा रहेका र तीन निर्माणाधीन गरी आठ आयोजना प्रभावित भएको र ती आयोजनाको कुल क्षमता ५७८ दशमलव ४२ मेगावाट छ ।

रसुवामा प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), साञ्जेन खोला (७८ मेगावाट), माथिल्लो मैलुङ ‘ए’ (६ दशमलव ४२ मेगावाट), मैलुङ खोला (५ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) रहेका छन्। यसैगरी नुवाकोटमा चार सञ्चालनमा रहेका र दुई निर्माणाधीन गरी छवटा आयोजना प्रभावित भएका छन्। यी आयोजनाको कुल क्षमता १७५ दशमलव ६ मेगावाट रहेको मन्त्रालयले जनाएको छ ।  नुवाकोटमा त्रिशूली जलविद्युत् आयोजना (२४ मेगावाट), देवीघाट (१४ दशमलव १ मेगावाट), माथिल्लो त्रिशूली–३ ए (६० मेगावाट), माथिल्लो त्रिशूली–३ बी (३७ मेगावाट), मिडल त्रिशूली गंगा (१५ दशमलव ६ मेगावाट) र २५ मेगावाट क्षमताको सौर्य आयोजना प्रभावित भएका छन्।

१० भाद्र २०८३, बुधबार १७:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा