Play

कैलाश मानसरोबर र गोसाईंकुण्ड हिंडेका २५० बढी पर्यटक र रसुवाका करिब १० कर्मचारी सम्पर्क बिहिन, ३ सय बढी गाडी बाढीले बगायो

गुरुकुल खबर


काठमाडौंँ, चीनको तिब्बततर्फबाट ल्हेन्दे खोलामा आएको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारका सबैजसो घरहरू बाढीले बगाएको छ । बाढीका कारण भएको क्षतीको वास्तविक विवरण आउन भने केहि समय लाग्ने देखिएको छ।

उक्त बाढीका कारण  कैलाश मानसरोवर र गोसाईंकुण्ड हिँडेका २ सय ५० बढि  तिर्थयात्रीहरु सम्पर्क विहीन भएको बताइएको छ । पर्यटन विभागका पर्यटक प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्वराज अधिकारीका अनुसार धेरै जसो मानसरोवर हिँडेका तिर्थयात्रीहरु सम्पर्कमा आएका छैनन। गोसाईंकुण्डका थोरै मात्रै सम्पर्क बाहिर रहेको तर यात्रामा कति थिए भन्ने कुराको जानकारी अझै हुनसकेको छैन ।

अहिले प्रहरीले तथ्याङ्क सङ्कलन गर्नुको साथै राहत र उद्धारको प्रयास गरिरहेको छ केही पर्यटकहरूले भने बिभिन्न स्थानमा सुरक्षित भएर बसेको भन्दै उद्धारका लागि सम्पर्क गरेको जनाएका छन् ।

यसैगरी बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् भने अन्य कर्मचारीहरू टिमुरे बजारभन्दा माथिको डाडामा पुगेर उद्धारको पर्खाइमा बसिरहेको बताइन्छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाले दिएको अनुसार भन्सार यार्डमा चेकजाँचका लागि रहेका ट्रक तथा अन्य गरी ३ सय भन्दा बढी गाडी बाढीले बगाएको छ । त्यति मात्रै नभएर भन्सार क्षेत्रमा भन्सार चेकजाँचको क्रममा रहेका अन्य धेरै गाडी पनि बगाएको छ । तर अर्थ मन्त्रालयले क्षतिको यकिन विवरण नपाएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको छ । प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना सम्पर्कमा आएको र बाँकीको खोज, उद्धार र समन्वय जारी रहेको मन्त्रालयले जनाएको छ ।

१० भाद्र २०८३, बुधबार १५:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा