Play

गण्डकी प्रज्ञा प्रतिष्ठानमा ललितकला क्षेत्रको प्रतिनिधित्व र पहिचान खोज्दै अदालत पुगे कलाकारहरु

गुरुकुल खबर


पोखरा, गण्डकी प्रज्ञा प्रतिष्ठानमा ललितकला क्षेत्रको मौलिक पहिचान, अस्तित्व र न्यायोचित प्रतिनिधित्वको माग गर्दै कलाकारहरू कानुनी संघर्षमा उत्रिएका छन्। प्राज्ञ नगेन सिंह ठकुरी, शिव शिर्पाली र पार्वती अधिकारीले संयुक्त रूपमा विज्ञप्ति  जारी गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विपक्षी बनाई उच्च अदालत पोखरामा मुद्दा दर्ता गरिएको जानकारी दिएका हुन्।

सिर्जनाशील कलाकार समूह, नेपाल व्यावसायिक कलाकार संघ र नेपाल कमर्सियल आर्टिस्ट संघले एक वर्षअघि नै प्रदेश सरकारसमक्ष आफ्ना मागसहित ध्यानाकर्षण पत्र बुझाए पनि लगातार बेवास्ता र उपेक्षा भएपछि बाध्य भएर कानुनी बाटो रोज्नुपरेको कलाकारहरूको भनाइ छ।

उनीहरुले प्रतिष्ठानका शीर्ष तीन पदाधिकारीमध्ये कम्तीमा एक पदमा ललितकला क्षेत्रको सशक्त नेतृत्व हुनुपर्ने, परिषद् र प्राज्ञ सभाका सदस्यहरू गरी समग्र संरचनामा ललितकला क्षेत्रबाट कम्तीमा ६ जना स्रष्टा-प्राज्ञहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने र स्वायत्त ‘ललितकला प्रज्ञा प्रतिष्ठान’को माग गरेका छन।

कलाकारहरूले प्रदेश र स्थानीय तहमा हाल गठन हुने प्रज्ञा प्रतिष्ठानहरूको ढाँचा ललितकलाको बृहत् मर्म समेट्न अपर्याप्त रहेको बताएका छन्। दृश्य कला र स्रष्टाहरूको स्वाभिमान जोगाउन अब उप्रान्त हरेक प्रदेश र स्थानीय तहमा स्वायत्त र पृथक् ‘ललितकला प्रज्ञा प्रतिष्ठान’ स्थापना गरिनुपर्ने उनीहरूको माग छ।

प्राज्ञ नगेन सिंह ठकुरी, शिव शिर्पाली र पार्वती अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सम्पूर्ण ललितकलाकर्मी, कला-अनुरागी तथा संघ-संस्थालाई यस कानुनी एवं न्यायिक अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।

८ भाद्र २०८३, सोमबार ०८:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा