Play

आँफ्नो परिवार सहित कास्कीको अस्तामस्थित ईको रिसोर्ट पुगे ‘प्रधानमन्त्री बालेन्द्र’

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौँबाट सडकमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका- ६ अस्ताम पुगेका छन। निजि भ्रमणको शिलशिलामा शुक्रबार बिहान काठमाडौँबाट निस्केका प्रधानमन्त्री बालेन्द्र धादिंगस्थित नेपाली सेनाको ब्यारेकमा केहि समय बिताएर पृथ्वीराजमार्ग हुँदै पोखरा आइपुगेका थिए।

उनि पोखरासंगै जोडिएको माछापुच्छ्रे गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बसेका सुरक्षा अधिकारीले पुष्टि गरेका छन ।शुक्रबार अस्ताममा बास बसेका प्रधानमन्त्री शाह शनिबार मुस्तांग जाने कार्यक्रम छ। पोखराबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी गरिएको बताइएको छ ।

अस्तामस्थित अन्नपूर्ण इकोभिलेजबाट मौसम खुल्दा अन्नपूर्ण हिमश्रृंखला देखिन्छ। सोही स्थानबाट पोखराको हेमजा बजारको दृश्य समेत अवलोकन गर्न सकिन्छ। प्रधानमन्त्री बस्ने भनिएपछि उक्त रिसोर्टले अन्य पाहुनाको लागि बुकिङ नलिइएको बताइन्छ ।

प्रधानमन्त्रीको निजी भ्रमण भएकाले सुरुमा सुरक्षा निकायलाई यसबारे पूर्व जानकारी थिएन।,सुरक्षा निकायका एक अधिकारीका अनुसार उनी पोखरा आइपुगेपछि मात्र भ्रमणबारे जानकारी सम्बन्धित सुरक्षा अधिकारीलाई जानकारी गराइएको हो।

प्रधानमन्त्री शाहको आगमनसँगै इकोभिलेज र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री शाहसंगै उनकी श्रीमती सविना काफ्ले र छोरी पनि रहेका छन। उनी मुस्ताङ जाने र आइतबार फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

५ भाद्र २०८३, शुक्रबार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा