Play

सिटीवान टेलिभिजनले सांस्कृतिक तीज गीत प्रतियोगिता गर्ने

गुरुकुल खबर


पोखरा, पोखराको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सांस्कृतिक तीजगीत प्रतियोगिता गर्ने भएको छ । ‘तीजको बेला- सिटीवानको सास्कृतीक मेला, प्रदेशस्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३’ नाममा टेलिभिजनले तीजको मेला गर्न लागेको टेलिभिजनले जनाएको छ । प्रतियोगिता यही भाद्र २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिईन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार, उत्कृष्ट शव्द ५ हजार रुपैया राखिएको छ । प्रतियोगितामा नेपालमा हाल प्रचलनका गीत र परिवेशलाई मान्यता दिईने र करिव ६० समुहको सहभागिता रहने अनुमान गरिएको छ

प्रतियोगितामा समाज परिवर्तमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, विमा तथा बैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुब्र्यसनी, खानेपानी तथा उर्जा, वैक तथा वित्तिय सचेतना, स्वास्थ्य सचेतना जस्ता वर्तमान र परम्परागत सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर गीत गाउन दिईने छ ।

सिटीवान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतीले पछिल्लो समयमा तीज सस्कृतीको लोप हुन लागेको भन्दै मेला आयोजना गर्न लागिएको र मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता बिषयमा प्रदेशस्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गरिने जानकारी दिए । उनका अनुसार मेलामा सहभागी सवैलाई दर संस्कृतीको वारेमा जानकारी दिने र दर खुवाउने कार्यक्रम समेत रहेको छ ।

२ भाद्र २०८३, मंगलवार २२:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा