अमेरिका, नेपाली कांग्रेसको विदेशस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिबेशन सम्पन्न भएको छ अधिबेशनले समितिको सभापतिमा मुनिन्द्र नेम्बांगलाई निर्बाचित गरेको छ। नेम्बांग यस अगाडी आनन्द बिष्टले नेतृत्व गरेको जनसम्पर्क समितिको महामन्त्री पदको जिम्मेवारीमा थिए। सभापति पदमा उमेदवारी दिएका अन्य तीनजना प्रतिष्पर्धीलाई पछि पार्दै नेम्बांगले विजय प्राप्त गरेका हुन ।
सभापतिमा बिजयी नेम्बांगले २ सय ६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिष्पर्धी सिपि पौडेलले १ सय ३८ मत पाएका थिए। पौडेल यस अगाडी बिष्ट नेतृत्वको समितिमा उपसभापतिको जिमेवारीमा थिए। निर्बाचनमा ४ सय ७३ मत खसेको थियो ।

(निलो कोटमा सभापतीमा बिजयी मुनिन्द्र नेम्वांग)
सभापति पदका अन्य उमेदवारहरुमध्ये सन्तोष पहारीले २८ मत, ध्रुब गौतमले १५ मत र बेदप्रकाश खरेलले ११ मत मात्र प्राप्त गरेका थिए। पोखरा घर भएका पहारी नेपालमा रहंदा नेपाल बिधार्थी संघको राजनीतिमा सक्रिय थिए भने चितवन घर भएका खरेल यस अगाडी सम्पन्न समितिको अधिबेशनमा बरिष्ठ उपसभापति पदमा चुनाब लडेकोमा धनन्जय नरसिंह केसीसंग पराजित भएका थिए। यस पटक सभापति पदमा पनि उनले अत्यन्त कम मत मात्र प्राप्त गरे।
समितिको बरिष्ठ उपसभापतिमा बिनोद भट्टले १ सय ३२ मत पाएर बिजयी भए। उक्त पदमा उमेदवारी दिएका ज्ञानेन्द्रराज कार्कीले १ सय ४, चन्द्रकान्त धितालले ९६ र उत्तम धमलाले ४१ मत मात्र पाएका थिए ।
चारजना उपसभापति पदका लागि १० जनाको उमेदवारी परेकोमा सन्जिब श्रेष्ठले २ सय ३५, हरिप्रसाद शर्माले १ सय ७८ श्रीराम थापाले १ सय ८० र निमा बम्जनले १ सय ४५ मत पाएर बिजयी भए। उपसभापती पदका अन्य उमेदवारहरु सुजन खनालले १ सय २९, पिताम्बर भुषालले १ सय २१, सन्तोष बिष्टले १ सय १५, फिलिप केसीले १ सय १०, गणेशराज भण्डारीले १ सय र मोहनराज बानियाले ९६ मत मात्र प्राप्त गरेका थिए ।यसैगरी समितिको युवा उपसभापतिमा २ सय ४१ मत सहित शुशील क्षत्री बिजयी भएका छन। उनका प्रतिद्वन्दी हरी भट्टले १ सय ९२ मत पाएका थिए ।

समितिमा दुई जना महामन्त्री रहने ब्यबस्था गरिएकोमा नारायण खनालले २ सय ४ मत र गौतम दाहालले १ सय ८४ मत पाएर बिजयी भएका छन । दाहालले सभापति पदमा उमेदवारी दिने भनेर घोषणा गरेको भएपनी उनले अन्तिम अबस्थामा महामन्त्री पदमा उमेदवारी दिएका थिए। महामन्त्री पदमा अन्य उमेदवारहरुमा प्रतिक पाण्डेले १ सय ६७, अनन्तराज सुबेदीले १ सय ४५ र किलन राई ५२ मत मात्र पाएको थिए ।
समितिको सहमहामन्त्री पदमा अर्जुन बमले १ सय ६०, अनिता परियारले १ सय ६९ पाएर बिजयी भए । सहमहामन्त्री पदका अन्य उमेदवारहरु रोशन अधिकारीले ९४, मुकुन्दराज दाहालले ५९ , रामचन्द्र अधिकारीले ८९, महेश कुमार मल्लले ९३ र बाबुराम दवाडीले ७८ मत पाएका थिए। कोषाध्यक्ष पदमा नारायण प्रसाद खरेलले १ सय ६३ मतका साथ् निर्बाचित हुने अवसर पाए। उनका प्रतिद्वन्दी भोला मैनालीले १ सय ५५ र राज ढुंगानाले १ सय १८ मत पाएका थिए।
समितिको केन्द्रीय सदस्यहरुमा खेमराज बाँस्तोला, हरी पी खनाल, राजु पी एस रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मिन बहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिमिल्सिना, विश्वमान आन्ग्दम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज नेउपाने, रोशनकुमार ढुंगाना, नेत्र केसी र अनिल आर पाण्डे निर्बाचित भएका छन ।
अधिबेशनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले गरेका थिए भने समारोहलाई कांग्रेस केन्द्रीय सभापति गगन कुमार थापाले पनि जूम मार्फत सम्बोधन गरेका थिए ।

कसको मत कति ?

















