Play

सहारा फुटबल एकेडमीको सहयोगार्थ पोखरा – काहुँडांडा हाईकिंग, दुईसय बढीको सहभागिता

गुरुकुल खबर


पोखरा, पोखराको सहारा फुटबल एकेडेमीको सहयोगार्थ  शनिबार आयोजित च्यारिटी हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । सहारा क्लब पोखराले ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ नाममा उक्त कार्यक्रम गरेको हो । सूर्यबहादुर केसी मेमोरियल स्मृति सहारा एकेडेमीमा रहेका १६ जिल्लाका ३० जना बालकको लागि फुटबल प्रशिक्षण र उच्चशिक्षामा हुने खर्च तथा एकेडमीको लागि आबश्यक आर्थिक श्रोत जुटाउन उक्त कार्यक्रम गरिएको बुझिएको छ।

एकेडेमीमा विपन्न परिवारका बालकलाई आवासीय सुविधासहित फुटबल र शिक्षा दिइन्छ । क्लबले चर्चित आहा ! रारा पोखरा गोल्डकप पनि आयोजना गर्दै आएको छ । स्वास्थ्य र प्रकृतिको प्रबर्द्दन गर्दै सामाजिक सेवामा नागरिकलाई जोड्न हाइकिङ कार्यक्रमले सकारात्मक वातावरण बनाएको आयोजकले बताएका छन् ।

पोखराको महेन्द्रपुलबाट शुरु भएको उक्त कार्यक्रमका सहभागीहरु रानीपौवा र चापापानीचोक हुँदै पर्यटकीय क्षेत्र काहुँडाँडामा पुगेका थिए। हाइकिङमा २ सय १५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ । काहुँडाँडामा आयोजित समापन कार्यक्रममा बोल्दै पोखरा -९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहारा क्लबको सामाजिक सेवामा सहकार्य गर्न पाउँदा खुसी लागेको र कठिन परिस्थिति र विपन्न परिवारका बालकलाई सहयोग गर्न कार्यक्रम गरिएको बताए।

सहारा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठले एकेडेमी सञ्चालनमा रहेका चुनौतीबारे जानकारी दिंदै क्लबको आफ्नो पुरानो कार्यालय नभएकाले एकेडेमीबाटै काम भइरहेको बताए । हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको र सहभागीलाई सो रकममा टिसर्ट, खाजा र खाना उपलब्ध गराइएको  थियो।

कार्यक्रमका संयोजक पूर्णबहादुर गुरुङले हाईकिंगमा सहभागी सबैलाई धन्यवाद दिएको उक्त कार्यक्रम सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव गंगाराज पौडेलले गरे । सहारा क्लब पोखराले लामो समयदेखि सामाजिक सेवा र फुटबल विकासमा काम गर्दै आएको छ ।

३० श्रावण २०८३, शनिबार २३:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा