Play

बिमानस्थलमा हजारौं कार्यकर्ता र समर्थकको साथ पाएका देउवाले भने- नेपाली जनताले जे भन्छन त्यहि हुन्छ

गुरुकुल खबर


काठमाडौँ. करिब छ महिनाअघि सिंगापुर गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको करिब छ महिनामा उनी हङकङबाट थाईल्याण्ड हुँदै नेपाल फर्किएका हुन् । आज बिहीबार मध्यान्ह १२ बजेपछि देउवा विमानस्थल आइपुगेका हुन् । उनी विमानस्थलबाट आंफ्ना समर्थकलाई हात हल्लाएर अभिबादन गर्दै निस्केका थिए।

विमानस्थलबाट निस्केर सोझै आंफ्नो डेरा चुनदेवी पुगेका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्। आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै  देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए ।

आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनुभन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन। किनभने अहिलेसम्म ५० वर्ष काम गर्‍या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’ देउवाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए।

मन्तव्यका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाले । ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे ।  मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए। गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको उल्लेख गर्दै देउवाले भने, ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यहीँ हुन्छ।’

यस अगाडी विमानस्थलको गेटदेखि चक्रपथको सडक हुँदै महाराजगंजसम्म ठुलो संख्यामा कांग्रेस नेता कार्यकर्ताहरु जम्मा भएर देउवाको समर्थनमा नाराबाजी समेत गरेका थिए । देउवा महाराजगन्जस्थित डेरामा बस्ने जानकारी उनका स्वकीय सचिव भानु देउवाले दिएका छन । देउवा फागुन १२ गते (फेब्रुअरी २५) स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गएका थिए।

नेपाली काँग्रेसको बिशेष महाधिबेशनबाट बनेको गगन थापा नेतृत्वको संस्थापन समुह बाहेकको इतर समुहले देउवाको स्वागतको लागि नेता कार्यकर्ताहरुलाई विमानस्थल बाहिर उपस्थित हुन पनि आग्रह गरेको थियो। सोहि अनुरुप ठुलो संख्यामा नेता कार्यकर्ताहरु त्यहा पुगेका थिए।

विमानस्थल भित्र प्रवेश नपाएका कार्यकर्ता र समर्थकहरु चक्रपथको बिभिन्न स्थानमा बसेर देउवाको स्वागत गरेका थिए। देउवाले पनि गाडीको सनरुफ (हुट)बाट  समर्थक एबम कांग्रेस नेता कार्यकर्ताहरुलाई हात हल्लाएर अभिबादन गरेका थिए। देउवाको आगमनको कारण सडक एबम विमानस्थल परिसर र बाहिर पनि ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो ।

यसैबीच, कास्कीबाट देउवाको स्वागतमा काठमाडौँ पुगेका कांग्रेस नेता ऋषि काफ्लेले गुरुकुल खबरसंग कुरा गर्दै नेता देउवाको स्वागत र सम्मानका लागि हजारौं समर्थक र नेता, कार्यकर्ता सहभागी भएको बताए। उनले भने – ‘अहिले राष्ट्रियता संकटमा परेको छ, नेपाली काँग्रेस आन्तरिक बिबादका कारण झन् कमजोर बन्ने अबस्थामा पुगेको छ, सरकार पनि अलमलमा छ, यस्तो अबस्थामा सबैपक्षबाट देउवाको नेपाल आगमनलाई महत्वका साथ् हेरिएको छ संभवत यस्ता बिभिन्न कारणले पनि देउवाको स्वागतमा ठुलो जनसमुह जुटेको हुनुपर्छ।’

काफ्लेका अनुसार इतर पक्षले डा. शशांक कोइरालालाई संयोजक बनाएर गतिबिधि गर्न लागेपछि कार्यकर्तामा समेत आकर्षण बढेको छ।उनले कास्की जिल्लाबाट पनि ठुलो संख्यामा नेता कार्यकर्ताहरु देउवाको स्वागतमा पुगेको र शुक्रबार देखि हुने सम्मेलनको लागि पनि कास्की जिल्लाबाट सहभागीहरु काठमाडौँ पुग्ने क्रम जारी रहेको जानकारी दिए । काफ्लेका अनुसार कास्की जिल्लाबाट मात्र पनि करिब दुई सय जना नेता कार्यकर्ता काठमाडौँ पुगेका छन ।

२८ श्रावण २०८३, बिहीबार १६:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा