Play

नबिल बैंकद्वारा तालबाराही माबिलाई स्यानिटरी प्याड भेन्डिङ मेसिन सहयोग

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -६ बैदामस्थित तालवाराही माध्यमिक विद्यालयका छात्राहरुलाई लक्षित गरी नबिल बैंकले स्यानिटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक सुवास पौडेलले विद्यालयका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन ।

उक्त मेसिनका कारण छात्राहरुको स्वास्थ्य, मर्यादा र शिक्षामा सहयोग पुग्ने र यसले विद्यालय समयमा सुरक्षित र स्वच्छ स्यानिटरी प्याडको पहुँच सुनिश्चित गर्ने बिश्वास गरिएको छ । असुरक्षित साधन प्रयोग गर्दा हुन सक्ने संक्रमण र स्वास्थ्य समस्याबाट छात्राहरुलाई जोगाउन मेसिनले मद्दत गर्ने बताइएको छ ।

बैंकले आफ्नो ‘नबिल सेक्युरिङ हेल्थ एन्ड एम्पावरमेन्ट सि प्रोजेक्ट’ अन्तर्गत विद्यालयमा यो मेसिन सहयोग स्वरूप उपलब्ध गराएको हो । मेसिन हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारा पोखरेल र अन्य प्रतिनिधिहरुको सहभागिता थियो ।

बिधालयको लागि प्राप्त मेसिन ग्रहण गर्दै बिधालय ब्यबस्थापन समितिका निबर्तमान अध्यक्ष गोबिन्द पहारीले विद्यालयमै मेसिन भएपछि छात्राहरुले प्याड लिन घर फर्कनुपर्ने वा विद्यालयमा अनुपस्थित हुनुपर्ने बाध्यता हट्ने, छात्राहरुले लाज नमानी आफैं प्याड लिन सक्ने र उनीहरुको आत्मविश्वास बढाएर पढाइमा ध्यान दिन मद्दत पुग्ने विश्वास लिइएको बताए ।

विद्यालयले छात्राहरुको लागि रचनात्मक सहयोग गरेकोमा नबिल बैंक र शाखा प्रबन्धक सुवास पौडेलप्रति आभार व्यक्त गरेको छ । उक्त मेसिन स्थापनाका लागि समितिका पूर्वअध्यक्ष पहारी र प्रधानाध्यापक पोखरेलले बिशेष पहल गरेकोबतैएको छ।

२७ श्रावण २०८३, बुधबार १२:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा