Play

सरकारको निर्णयबाट असन्तुष्ट बनेका दुई सचिवको राजिनामा स्वीकृत

असन्तुष्टी बढेपछि सरकारका दर्जन सहसचिब, तिन दर्जन उपसचिव र ठुलो संख्यामा अधिकृतको राजिनामा


गुरुकुल खबर


काठमाडौं : सञ्चार तथा सूचना मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

साउन १३ गते सञ्चार मन्त्रालयमा सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि अझै करिब एक वर्ष बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा भएपछि असन्तुष्ट रहेका पोखरेलले राजीनामा दिएको बताइएको छ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए। उनले पनि राजीनामा दिएका हुन्। यसअघि सहसचिव तहसम्मका कर्मचारीले राजीनामा दिँदै आए पनि पछिल्लो समय सचिव तहका कर्मचारीले समेत राजीनामा दिन थालेका छन्।

सरकारले ५५ वर्ष उमेर पूरा गरेका र ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अघि बढाएपछि निजामती कर्मचारीमा राजीनामा दिने क्रम बढेको बताइएको छ।

सरकारी सेवाबाट बाहिरिने कर्मचारीको संख्या पछिल्लो समय बढ्दै गएको राष्ट्रिय किताबखानाको अभिलेखमा उल्लेख रहेको जनाइएको छ। अभिलेख अनुसार करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव तथा ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएको दाबी गरिएको छ।

२७ श्रावण २०८३, बुधबार १०:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा