काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को बिचमा आइतबार बेलुका भेटबार्ता भएको छ। प्रधानमन्त्री शाहलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीचमा ४५ मिनेट जति कुराकानी भएको बुझिएको छ। रविनिकट स्रोतका अनुसार उनीहरूको बीचमा समसामयिक विषयमा छलफल भएको थियो ।
साथै, सरकारका आगामी कदमहरू, रविको चीन भम्रण र प्रम बालेन्द्रको भारत भ्रमण लगायतका विषयमा छलफल भएको बताइएको छ ।
“उहाँहरूबीच समसामयिक विषयवस्तु, सरकारका आगामी कदमहरू र अध्यक्षज्यूको चीन भम्रण लगायतका विषयमा छलफल भयो,” रवि निकट स्रोतले भन्यो ।
बालेनले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट रहेको अनुमान गरिएको बेला लामिछाने बालुवाटार पुगेर प्रम शाहलाई भेट गर्नुलाई महत्वका साथ हेरिएको छ ।
साथै केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बतायो ।















