Play

रास्वपा सभापति लामिछानेले बोलाएको बैठकमा कांग्रेस सभापति थापा: लाठी र सामजिक संजालमा मात्र सरकार भेटिनुहुन्न

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकोले सुनसरी लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भाव बिग्रन नदिन सबैले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् ।  सुनसरी घटनालाई लिएर रास्वपाका सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले यस्तो आग्रह गरेको जानकारी दिए ।

‘यो बेलामा सबै पक्षले निभाउनुपर्ने भूमिकाको बारेमा जानकारी गराएका छौँ । अरू दलका नेताहरूले पनि यस्तै कुरा राख्नुभएको छ’, सभापति थापाले बैठक पछि भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो यो कसैले वरदान दिएको होइन ।’उनले वर्षौँदेखि नेपालका नागरिकहरूले समुदायको साझा प्रयत्नबाट आर्जन गरेको पुँजी भएकाले धार्मिक सहिष्णुतालाई जोगाउनुपर्नेमा जोड दिएका छन् ।

‘यसका निम्ति, आवेग र उत्तेजनामा नआई धैर्यता र संयमताका साथ संवाद गर्नुपर्छ भनेर सार्बजनिक आव्हान मात्र होइन, पार्टीका जनप्रतिनिधि हरूलाई संवाद गरेर बैठक राख्न लगाएको जानकारी गराएका छौ । ’ उनले सद्भाव कायम गर्न आआफ्नो दलहरूले गरेको प्रयत्नलाई साझा प्रयत्नका रूपमा अघि बढाउँदै सामूहिक रूपमा सबै राजनीतिक दल, प्रशासन, प्रेसलाई समेत त्यसका लागि आह्वान गर्न प्रस्ताव गरेको बताए ।

थापाले यस्तो अवस्थामा सरकार के गर्दै छ ? भनेर प्रश्न गरेको बताए ।  ‘हामीले सरकारलाई प्रश्न पनि गरेका छौ । सरकार कहाँ छ ?, के गर्दै छ? सरकार बन्दुक, लाठी र स्ट्याटसमा मात्र भेटिनु हुँदैन ।’, सभापति थापाको भने।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार समस्याको साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप लगाउंदै संकटको अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।  उनले भने– ‘सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ।’

‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ। तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ’ उनले भने ।

रास्वपा सभापति रबि लामिछानेले बैठक राखेकोमा भने उनले धन्यवाद दिए ।’यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले आह्वान गरेको बैठकमा नेपाली काग्रेसका सभापति थापा र नेकपाका संयोजक प्रचण्ड सहित नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वणिम वाग्ले, नेपाली काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली,  रास्वपाका महामन्त्री  विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत सहभागी थिए ।

१३ श्रावण २०८३, बुधबार ०९:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा