Play

गाईबस्तुलाई पानी खुवाउन बनाइएको खाल्डोमा डुबेर एकै परिवारका तिनजना बालबालिकाको मृत्यु

गुरुकुल खबर


सिरहा,  सिरहा जिल्लाको गोलबजार नगरपालिका–७ मा पर्ने पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार क्षेत्रमा बस्तुभाउको लागि पानी खान बनाइएको खाल्डोमा डुबेर एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेख रहेको प्रहरीले जनाएको छ।

अवास शेखको घर रौतहट भएपनि उनि करिब तीन दशकदेखि आंफ्नो परिवारसहित सिरहाको गोलबजार नगरपालिका–७ मा बसोबास गर्दै आएका थिए। घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना दिउँसो साढे दुई बजेतिर घरबाट खेल्न निस्किएको र खेल्ने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको बताइएको छ।

उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा खेल्दै नुहाउने क्रममा डुबेको स्थानीयको भनाई छ । स्थानीयले पालेका गाई, गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खानको लागि उक्त खाल्डो बनाइएको बुझिएको छ । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तस्बिर – अनलाइन खबर

२८ असार २०८३, आईतवार १८:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा