Play

कन्या क्याम्पसमा प्राज्ञिक एवं अनुसन्धानमुलक लेखनसम्बन्धि कार्यशाला

गुरुकुल खबर


पोखरा, अनुसन्धान व्यवस्थापन समिति, कन्या क्याम्पसको आयोजनामा प्राज्ञिक एवं अनुसन्धानमुलक लेखन सम्बन्धी दुइदिने कार्यशाला शनिबार शुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै कन्या क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लले अनुसन्धानहरु शिक्षकको पेशागत उन्नयनको साधन मात्रै नभएर समाजमा विद्यमान समस्याहरु समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसले अनुसन्धानमा जोड दिएको र विश्वविद्यालय अनुदान आयोगले आर्थिक सहयोग गरेमात्रै कार्यक्रम गर्ने प्रवृत्तिको अन्त्य गर्दै आफ्नै श्रोतबाट कार्यक्रम सञ्चालन गरिएको बताए।

कार्यक्रममा डा भुमिराज बस्ताकोटी, भुमिराज पण्डित र मदन प्रसाद बरालले प्राज्ञिक लेखनका विविध आयाम हरुमा सहजिकरण गरेका थिए। कार्यक्रममा क्याम्पसका प्राध्यापक र बिद्यार्थी सहित ३५ जना सहभागी रहेको सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले जानकारी दिए।

३० जेष्ठ २०८३, शनिबार २१:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा