Play

प्रशिक्षार्थी चिकित्सकहरु बिभिन्न माग राखेर प्रदर्शनमा, ड्युटी समय र सुबिधा सहित स्वास्थ्य ऐनमा संसोधनको माग

गुरुकुल खबर


काठमाडौँ, प्रशिक्षार्थी अर्थात ईन्टर्न तथा आवाशीय चिकित्सक रुपमा कार्यरत डाक्टरहरुले आंफ्ना  विभिन्न ७ बुँदे माग राखेर काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।  प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन २०७४ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टा भन्दा बढी हुन नहुने लगायतका बिभिन्न माग राखेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन ।  सातामा ४८ घण्टा भन्दा बढीको कार्यसमय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समयबापत भत्ता उपलब्ध गराइनु पर्ने माग पनि उनीहरूको रहेको छ ।

उनीहरुले प्रशिक्षार्थी चिकित्सक  को ड्युटी समय नेपालको श्रम ऐन २०७४ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टा भन्दा बढी हुन नहुने र सातामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुन पर्ने, सम्पूर्ण प्रशिक्षार्थी महिला चिकित्सकलाई कानुन बमोजिम उपलब्ध हुने तलब सहितको सुत्केरी बिदा उपलब्ध गराइनु पर्ने एबम उक्त बिदाको अवधिको अध्ययन र प्रशिक्षण सुत्केरी अवस्था पछि बिना कुनै रोकतोक गर्न पाइनुपर्ने साथै सम्पूर्ण महिला स्वास्थ्यकर्मी (करार तथा स्थायी) लाई समेत स्थायी कर्मचारीलाई उपलब्ध गराए सरहको प्रसूति बिदा उपलब्ध गराइनु पर्ने माग गरेका छन।

यसैगरी नेपाल सरकारले २०८३/८४ को बजेट भाषण मार्फत बढाएको तलब अनुरूप नेपाल सरकार सँग भएको पहिलेको सहमति बमोजिम आवासीय चिकित्सकलाई श्रावण महिना देखि बढेको तलब सहित अधिकृत आठौँ तहको तलब उपलब्ध गराइनुपर्ने, सातामा ४८ घण्टा भन्दा बढीको कार्यसमय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराइनुपर्ने माग पनि उनीहरुको छ

ईन्टर्न चिकित्सकहरु साढे चारवर्ष एम.बि.बि.एस / बि.डि.एस अध्ययन पुरा गरी नेपाल मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता भएका चिकित्सक भएकोले स्नातक तहको अध्ययन पूरा गरिसकेका ईन्टर्न चिकित्सकलाई कम्तीमा नेपाल सरकारको अधिकृत स्तर छैठौँ सरह तलब उपलब्ध गराउनु पर्ने र सातामा ४८ घण्टा भन्दा बढी कार्यसमय रहेमा श्रम ऐन बमोजिम भत्ता उपलब्ध गराइनुपर्ने माग पनि उनीहरुले गरेका छन।

यसैगरी प्रशिक्षार्थी चिकित्सकहरूको श्रम तथा अन्य शोषण भए-नभएको गुनासो सुन्न र अनुगमन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने, प्रत्येक मेडिकल कलेजमा मानसिक विभागको रोहबरमा प्रशिक्षार्थी चिकित्सकको मानसिक स्वास्थ्य प्रवर्धनको निम्ति समिति गठन गर्नु पर्ने, विशेष कारणवश पढाई बिचमा नै छोड्नु परेमा आवसीय चिकित्सकलाई हाल कायम राखिएको उच्च जरिवाना घटाउन पर्ने र उक्त सिट खेर जान नदिन, अर्को बर्ष हुने प्रथम वर्षको सिट संख्यामा थपेर समायोजन गर्नुपर्ने कुरामा पनि उनीहरुको जोड रहेको छ।

एम.बि.बि.एस/ बि.डि.एस पछि एम.डि/एम.एस./एम.डि.एस अध्ययन गर्न राखिएको १ बर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्न माग गर्दै उनीहरुले यो प्रावधानका कारण नव-चिकित्सकहरू जस्तो सुकै अवस्थामा काम गर्न बाध्य हुने भएकाले चिकित्सा शिक्षा ऐनको यथाशीघ्र संशोधन गरि खारेज गरिनुपर्ने कुरामा उनीहरुले जोड दिएका छन।

३० जेष्ठ २०८३, शनिबार १४:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा