Play

जोखिमपूर्ण अवस्थाका ३ सय ४५ बालबालिकालाई पोखरा उधोग बाणिज्य संघद्वारा शैक्षिक सामग्री सहयोग

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बालश्रमविरुद्धको विश्व दिवसको सन्दर्भमा सामाजिक विकास केन्द्रले संचालन गरिरहेको जीविकोपार्जन तथा शिक्षा परियोजनाको माध्यमबाट ३ सय ४५ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक र झोलासहितको  शैक्षिक सामग्री प्रदान गरिएको हो ।

सामाजिक विकास केन्द्रको सो अभियानमा किडासाको आर्थिक सहयोग प्राप्त भएको छ भने पोखरा महानगरपालिकाले समन्वय गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख हेमप्रसाद आचार्य,नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचन, किडासाका परियोजना अधिकृत रमेश बास्तोला र संघका पदाधिकारीहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले श्रमिकको रुपमा काम गरिरहँदा पनि अभिभावकले आफ्ना नानीबाबुहरुको समुन्नत भविष्यको लागि काम गर्नुपर्ने बताए । ‘श्रमिक भएर काम गरिरहँदा पनि बालबालिकाको भविष्यलाई बन्धक नबनाउनु होला,’उनले भने,‘बालबालिकालाई भोलिका दिनमा दक्ष श्रम गर्नसक्ने बनाउनेतर्फ ध्यान दिनुहोला ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले संघले संचालन गरेको कार्यक्रमले श्रममा रहेका बालबालिकालाई लाभ पुगेको र यो अभियानमा अन्य संघ÷संस्थाको पनि सहयोग जरुरी रहेको बताए । उनका अनुसार पोखराका सवैजसो वडामा रहेका विद्यार्थीहरुलाई उनीहरुको आवश्यकताको आधारमा शैक्षिक सामग्री प्रदान गरिएको हो ।

त्यस अवसरमा संघले संचालनमा ल्याएको परियोजना अन्तर्गत विभिन्न विद्यालयबाट यो वर्ष एसइई उत्तीर्ण हुने १७ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघले २०५६ सालदेखि बालश्रममुक्त समाजका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै संघले विपन्न र जोखिममा रहेका बालबालिकाका लागि शिक्षाको प्रबन्ध सहित उनीहरुका परिवारको आर्थिक समुन्नतिका लागि विभिन्न सीपमूलक कार्यक्रम संचालन गर्दै आइरहेको संघले जनाएको छ ।

यस्तै, बालश्रमविरुद्धको विश्व दिवसकै अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा उत्कृष्ट हुनेलाई पनि सोहि अवसरमा पुरस्कार वितरण गरिएको थियो । संघले संचालनमा ल्याएका विभिन्न सिकाइ केन्द्रमा रहेका ३५ जना बालबालिकाबीच भएको प्रतियोगितामा प्रवेश थापा मगर प्रथम, सिमरन गायक द्वितीय, भूमिका क्षेत्री तृतीय र सुमन परियार एबम सन्ध्या परियारले सान्त्वना स्थान प्राप्त गरेका परियोजना प्रमुख सफल बरालले जानकारी दिए ।

३० जेष्ठ २०८३, शनिबार १४:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा