पोखरा, कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नेपाल सरकारका सहसचिब कुमानसिंह गुरुङले सम्हालेका छन। यस अगाडी कास्कीको प्रमुख जिल्ला अधिकारी रहेकी रुद्रादेबी शर्मालाई गृहमन्त्रालयले धनकुटाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेसंगे कास्कीमा गुरुङलाई पठाएको हो।
गुरुङले यस अगाडी पनि पोखरामा रहेर गण्डकी प्रदेशको उधोग तथा पर्यटन मन्त्रालयको सचिबको रुपमा काम गरेका थिए । उनले यस अगाडी बाग्लुंग जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा समेत काम गरिसकेका छन भने स्थानीय तहमा प्रमुख कार्यकारीको रुपमा पनि बिभिन्न पालिकामा काम गरेको अनुभव उनीसंग छ।

कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपमा पदबहाली गरेपछि उनले जिल्लास्थित बिभिन्न संघसंस्था र नागरिकहरुसंग भेटघाट गर्ने र जिल्लाको शान्ति सुरक्षा, बिकास निर्माण र सुशासनको अबस्था लगायत बिभिन्न बिषयमा जानकारी लिने क्रम चलिरहेको छ। प्रमुख जिल्ला अधिकारीको रुपमा गुरुङलाई बधाई र शुभकामना दिन जानेहरुको संख्या पनि उत्तिकै रहेको बताइएको छ ।
















