Play

पोखरा- २३ चापाकोटका ब्यवसायी नारन र शिब सहित पराजुली परिवारमा शोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका- २३ चापाकोट ( तत्कालिन चापाकोट गाबिस औसेलुचौर) बाट पोखरा लगायत बिभिन्न स्थानमा व्यवसायमा संलग्न नारन पराजुली, शिब पराजुली, हरी पराजुली र पिताम्बर पराजुलीलाई मातृशोक परेको छ। उनीहरूकी आमा गुथिमाया पराजुलीको ८८ बर्षको उमेरमा निधन आज शनिबार बिहानै चितवनमा निधन भएको हो।

पोखराको चापाकोट घर भएपनि उनि केहि समयेदेखी चितवनमा छोराहरु नारन र हरीको परिवारसंग बस्दै आएकी थिईन। स्व. गुथीमायाका छोराहरु मध्ये जेठा नारन र साँहिला हरी नारायणगढमा ब्यबसाय संचालन गरिरहेका छन।

माइला छोरा शिब पराजुली काठमाडौँमा बसेर बैदेशिक रोजगार ब्यबसायमा आबद्ध छन भने कान्छा छोरा पिताम्बर लामो समयदेखि पोखराको तेर्सापट्टीमा फर्निचर व्यवसाय गरिरहेका छन। स्व. पराजुलीकी एक छोरी मातृका पराजुली रहेकी छन ।

यसैबीच चापाकोट पोखरा सेवा समाजको तर्फबाट समाजका अध्यक्ष दिपक पराजुली र सचिब जीवनाथ लामिछानेले एक शोक बिज्ञप्ति जारी गर्दै समाजका आजिबन सदस्य पिताम्बर पराजुली र शुभचिन्तकहरु नारन, शिब र हरी पराजुलीकी ममतामयी आमाको निधन भएकोमा दुख प्रकट गर्दै श्रद्दान्जली अर्पण गर्नुको साथै परिवारजनमा समबेदना प्रकट गरेका छन ।

३० जेष्ठ २०८३, शनिबार ०९:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा