Play

बरिष्ठ साहित्यकार सरुभक्तलाई मुटु सम्बन्धि समस्या: काठमाडौँमा उपचार जारी, बुधबार अपरेसनको तयारी

गुरुकुल खबर


पोखरा, पोखराका बरिष्ठ साहित्यकार एबम नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना भएका छन। उनको मुटुमा भल्ब ब्लकेज  भएकोले अपरेसन गर्नको लागि अस्पतालमा भर्ना गरिएको हो ।

अघिल्लो साता काठमाडौँमा आयोजित ‘सरुभक्तका कबिताहरुको परिचर्चा’ भन्ने एक कार्यक्रममा सहभागी हुन गएका सरुभक्त स्वास्थ्यमा केहि असहज महशुस गरेपछि नर्भिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्न पुगेको थिए। स्वास्थ्य परिक्षणका क्रममा उनको मुटुका ३ वटा भल्ब ब्लकेज भएको पत्ता लागेपछि त्यस सम्बन्धि उपचार र परामर्शमा उनि जुटेका थिए ।

स्वास्थ्यकर्मी र चिकित्सकसंगको सल्लाह पछि पोखरा आएका सरुभक्त  आज सोमबार बिहान काठमाडौँ पुगेर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन। उनको अपरेसन बुधबार गरिने भएको छ।

आज सोमबार दिनभरजसो सरुभक्तसंग अस्पतालमा रहेका पोखराका अग्रज साहित्यकार एबम संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सरुभक्तको उपचारमा संलग्न डा. अनुप भट्टराईसहितका स्वास्थ्यकर्मीको भनाई उद्दृत गर्दै सरुभक्तको स्वास्थ्य अबस्था खतरामुक्त रहेको बताए।

गुरुकुल खबरसंग कुरा गर्दै सोमबार बेलुका श्रेष्ठले भने ‘सरुभक्तजी लाई आज र भोलि सुपरभिजनमा राखिने र पर्सि बाईपास सर्जरी अपरेसन गर्ने तय भएको छ।’

२५ जेष्ठ २०८३, सोमबार २१:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा