Play

फेवातालका डुंगा चालक र यात्रुहरुको लागि बिमा : घाइते भए १ लाख र मृत्यु भएमा ५ लाख दिईने

गुरुकुल खबर


पोखरा, फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । फेवातालमा डुंगा चलाउने ब्यबसायीहरुको संगठनले  शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको जनाएको छ ।

फेवातालमा डुंगा चलाउने क्रममा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च बापत १ लाख रुपैयाँ र मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्ने गरि बिमा गरिएको बुझिएको छ ।

संस्थामा दर्ता भएर सञ्चालनमा रहेका डुंगाको हकमा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले गुरुकुल खबरलाई जानकारी दिए । फेवातालमा वर्षेनी विभिन्न कारणले डुंगा दुर्घटना हुने गरेकोमा बिमा गरिएपछि डुंगा चालकहरुले पनि सुरक्षाको महशुस गरेका छन् ।

फेवातालका विभिन्न ८ वटा डुंगा स्टेशनबाट ८ सय ४७ वटा डुंगा सञ्चालन भइरहेको र  करिब ३ सय ५० जना डुंगा चालक रहेको बताइएको छ।

२५ जेष्ठ २०८३, सोमबार १९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा