Play

राष्ट्रियता र धार्मिक स्वतन्त्रता सहितको बिपी बिचारलाई कांग्रेसले आंफ्नो एजेन्डा बनाउनुपर्नेमा नेता भण्डारीको जोड

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता एबम पुर्वमन्त्री शंकर भण्डारीले राष्ट्रियताको भावना सहित नेपाली कांग्रेसलाई बलियो बनाउने उपाय खोज्न भन्दै अभियान संचालन गरेका छन । यस क्रममा पुर्व मन्त्री भण्डारीले बिभिन्न जिल्लामा पुगेर नेपाली कांग्रेसका नेता कार्यकर्ता सहित अन्यसंग भेटघाट गर्दै राष्ट्रियताको भावना जागृत गर्ने अभियानमा सक्रिय रहन सबैसंग आग्रह गरिरहेका छन। ‘पहिला राष्ट्र र राष्ट्रियता अनि मात्र पार्टी र राजनीतिको कुरा आउँछ भन्दै भण्डारीले राष्ट्र र राष्ट्रियताको संरक्षणको लागि कांग्रेसको नेतृत्वमा रहेका र नेतृत्वमा पठाउन भूमिका खेल्ने साथीहरु गम्भीर बन्नुपर्ने आबश्यकता समेत औंल्याएका छन।

आइतबार पोखरामा नेपाली काँग्रेसका केहि नेता र कार्यकर्ता सहित अन्यसंग भेटघाट गरेका पुर्वमन्त्री भण्डारीले सोमबार पनि पोखराका केहि राजनीतिक, सामजिक एबम ब्यबसायिक व्यक्तित्वहरुसंग भेटघाट र छलफल गर्दैछन। आंफ्नो अभियानको क्रममा पार्टीभित्र हिन्दुवादी र राजाबादी नेताको रुपमा चिनिने भण्डारीले बिपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताजस्ता आधारभूत सिद्धान्तबाट नेपाली काँग्रेस बिचलित भएको कारण कांग्रेस मात्र नभएर देश नै संकटमा परेको बताउने गरेको बुझिएको छ।

‘इतिहास बोकेको, मुलुकको लागि उपयुक्त सिद्दान्त बोकेको र सबैलाई मिलाएर नेतृत्वदायी भूमिका खेल्नसक्ने पार्टी नेपाली काँग्रेस नै हो तर बर्तमान अबस्थामा नेपाली कांग्रेसले राष्ट्रलाई प्राथमिकतामा राखेर आंफ्नो सिद्दान्तलाई बिपीले प्रतिपादन गरेको विचार अनुसार अगाडी बढाउनु जरुरी छ’ कांग्रेस नेता भण्डारीको भनाई उद्दृत गर्दै पोखराको कार्यक्रममा सहभागी एक नेताले गुरुकुल खबरसंग भने ।

सत्ताप्राप्तिका लागि सिद्धान्तभन्दा बाहिर गएर गरिएको राजनीतिक सहकार्यका कारण कांग्रेस वर्तमान अवस्थामा पुगेको पोखरामा आयोजित कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेको बताइएको छ। कार्यक्रममा सहभागी नेताहरूले सनातन हिन्दुराष्ट्रको अवधारणा तथा राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसात गर्नसके मात्रै नेपाली कांग्रेस आफ्नो मूल लक्ष्य र गन्तव्यतर्फ अघि बढ्न सक्ने र नागरिकहरुले समेत बिश्वास गर्न सक्ने पार्टीको रुपमा रुपान्तरण हुने बिश्वास ब्यक्त गरेका थिए ।

कांग्रेसले राष्ट्र र राष्ट्रियताको सवालमा बिपी बिचारलाई अनुसरण गर्नुपर्ने आबश्यकताको बारेमा पार्टीका जिम्मेवार नेताहरुसंग बारम्बार कुरा भैरहेको र उनीहरुले व्यक्तिगत रुपमा आबश्यकता पनि महशुस गरेको तर त्यसलाई पार्टीको नीतिमा समाबेश गर्ने कुरामा जिम्मेवारीमा रहेका साथीहरुले बेवास्ता गर्दा दुख लागेको भण्डारीले बताउंदै आएको छन।

पोखरामा आयोजित कार्यक्रममा पार्टीको संगठन विस्तार, कार्यकर्ताको सक्रियता अभिवृद्धि तथा आगामी राजनीतिक रणनीतिका विषयमा समेत छलफल भएको बुझिएको छ । कार्यक्रममा बिशेष गरि कांग्रेसभित्र धार्मिक स्वतन्त्रताको पक्षमा रहेका र मुलुकको साझा संस्थाको रुपमा राजसंस्थालाई अबलम्बन गर्नु उपयुक्त हुने बिचार बोक्नेहरुको सहभागिता रहेको बुझिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शारदा पौडेल, कास्की कांग्रेसका पूर्व सचिब पोषनाथ शर्मा, महासमिति सदस्य ऋषिराम काफ्ले, महासमिति सदस्य बिरेन्द्र नारायण बिजुक्छे, नेपाल तरुण दलका पुर्व केन्द्रीय सदस्य भरतजंग कुँवर, गणेशमान फाउन्डेसनका गण्डकी प्रदेश अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि विजयराज आचार्य, अन्नपुर्ण गाउँपालिकाका सभापति मनपति भण्डारी,  पोखरा -४ क वडाध्यक्ष देवकृष्ण पराजुली, डा. गोबिन्द लामिछाने लगायतको सहभागिता रहेको थियो।

अन्तरक्रियामा सहभागी नेताहरूले सनातन हिन्दुराष्ट्रको अवधारणा तथा राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसात गर्नसके मात्रै नेपाली कांग्रेस आफ्नो मूल लक्ष्य र गन्तव्यतर्फ अघि बढ्न सक्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा पार्टीको संगठन विस्तार, कार्यकर्ताको उर्जा र सक्रियता वृद्धि गर्ने सहित आगामी रणनीतिका विषयमा समेत छलफल भएको एक सहभागीले बताएका छन।

२५ जेष्ठ २०८३, सोमबार ०७:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा