Play

पृथ्वीनारायण क्याम्पसमा बिएएलएलबी दशौँ सेमेष्टरका विधार्थीलाई बिदाई

गुरुकुल खबर


पोखरा,  पोखराको पृथ्वीनारायण क्याम्पसमा सञ्चालित बिएएलएलबी कार्यक्रमको दशौं सेमेष्टर अध्ययन पुरा गरेका ६९ जना विद्यार्थीलाई शुक्रबार एक विशेष समारोह आयोजना गरेर बिदाइ गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै बिएएलएलबी कार्यक्रमका निर्देशक डा. भीमनाथ बरालले  क्याम्पसमा सकारात्मक शैक्षिक संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिंदै न्यायिक तथा कानुनी क्षेत्र मार्फत राष्ट्र निर्माणमा सक्रिय योगदान दिन बिधार्थीलाई आग्रह गरे।

आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता विद्यार्थी आरती लिङ्खाले गरेकी थिईन कार्यक्रमको संचालन मानवराज बराल र सुप्रिया श्रेष्ठले गरेका थिए। कार्यक्रममा कृष्णध्वज बस्नेतले सहभागीहरुलाई स्वागत गरेका थिए भने विद्यार्थी प्रतिनिधिका रूपमा विप्लवी न्यौपाने, निमेष तिमिल्सिना र अस्मिता पौडेलले अध्ययनकालका अनुभव तथा आगामी यात्राबारे आआफ्नो भनाई राखेका थिए ।

एलएलएम कार्यक्रम संयोजक वीरेन्द्र बास्तोलाले क्याम्पस र पढाइको अबस्थाबारेमा चर्चा गरेका थिए । आयोजकको तर्फबाट बिदाइ हुने विद्यार्थी तथा शिक्षकहरूलाई मायाको चिनो स्वरूप नेपालको संविधानको ‘प्रस्तावना’ प्रदान गरिएको थियो।

कार्यक्रममा  प्राध्यापकहरू दीपक पराजुली, जनकल्याण पराजुली, चित्र सुनार, श्रीकृष्ण श्रेष्ठ तथा प्रशासक महेश पनेरु लगायत सहभागी थिए ।त्यस अबसरमा सहभागि बिधार्थीहरुबाट बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

२४ जेष्ठ २०८३, आईतवार १५:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा