Play

अष्ट्रेलियन राजदूत पोखराको फिस्टेल एकेडमीमा

गुरुकुल खबर


पोखरा, नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम साइमन अर्नस्टेले फिस्टेल एकेडेमी आई.बी. वर्ल्ड स्कुलको भ्रमण गरेका छन। भ्रमणका क्रममा उनले विद्यार्थी, शिक्षक तथा विद्यालयका पदाधिकारीहरूसँग अन्तरक्रिया गरेका थिए ।

राजदूत अर्नस्टेले विद्यालयको उत्कृष्ट पूर्वाधार, गुणस्तरीय शिक्षा तथा सिकाइ वातावरणको प्रशंसा गर्दै विद्यार्थीहरूलाई उपलब्ध अवसरहरूको अधिकतम उपयोग गरी आफ्नो भविष्य निर्माणमा समर्पित हुन प्रेरित गरे।

अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले शिक्षा, नेतृत्व तथा अन्तर्राष्ट्रिय अवसरसम्बन्धी जिज्ञासा राखेका थिए।

विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, जो मोनास विश्वविद्यालय र युनिभर्सिटी अफ सिड्नीका पूर्वविद्यार्थी हुन।  यस भ्रमणले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई विश्वव्यापी दृष्टिकोण विकास गर्न प्रेरित गरेको बताए ।

विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमले सम्पूर्ण विद्यालय समुदायका लागि प्रेरणादायी अनुभव प्रदान गरेको बताइएको छ ।

२३ जेष्ठ २०८३, शनिबार १४:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा