पोखरा, कास्की जिल्लाको पोखरा महानगरपालिका -२३ चापाकोट (तत्कालिन चापाकोट गाबिस) बाट पोखरा आई बसोबास गर्नेहरुको संस्था चापाकोट पोखरा सेवा समाजले चापाकोटका बिरामी बिष्णुप्रसाद पराजुलीको उपचारको करिब १ लाख ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
पोखरा -२३ बरांगमा घर भएका विष्णुप्रसाद पराजुली मृगौला सम्बन्धि समस्याको कारण गम्भीर बिरामी परेकोमा उनको खुट्टाको औंला तर्फको केहि भाग समेत काटिएको अबस्थामा छ ।
समाजले आंफ्ना सदस्य एबम शुभचिन्तकहरु गरि ६० जनाबाट करिब १ लाख ४४ हजार रुपैया नगद संकलन गरेको थियो । समाजको आह्वान अनुरुप अन्य केहिले पनि बिरामीलाई सिधै रकम सहयोग गरेको बताइएको छ ।
यसैबीच, पोखराको जिएमसी अस्पतालमा उपचारार्थ भर्ना गरिएका बिष्णुप्रसाद पराजुलीका आफन्तलाई अस्पताल मै पुगेर चापाकोट पोखरा सेवा समाजको तर्फबाट रकम हस्तान्तरण गरिएको थियो । समाजका अध्यक्ष दिपक पराजुलीले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।
समाजका सचिब जीवनाथ लामिछाने, सल्लाहकार गंगाधर पराजुली र सदस्य रन्जना बस्नेत पराजुली समेतको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
सोहि क्रममा समाजका अध्यक्ष दिपक पराजुलीले समाजको आह्वान अनुरुप समाजका सदस्य एबम शुभचिन्तकहरु बाट उक्त रकम संकलन भएको जनाउंदै सहयोगदातालाई आवर प्रकट गरेका थिए। त्यस अबसरमा समाजको तर्फबाट त्यहाँ पुगेको टोलीले स्वास्थ्यलाभको कामना गरेको थियो ।
















