पोखरा, कास्कीमा नयाँ प्रमुख जिल्ला अधिकारी आउने भएका छन । बिगत एक बर्षभन्दा बढी समय कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रुद्रादेवी शर्माको धनकुटा जिल्लामा सरुवा भएपछि रिक्त रहेको कास्कीको प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङको सरुवा भएको हो। गृह मन्त्रालयको निर्णय अनुसार शर्माको धनकुटामा र गुरुङको कास्कीमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ ।

गुरुङले सम्भवत सोमबार देखि कास्की जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हाल्ने छन । उनेल केहि समय अगाडी पोखरामा रहेर पनि काम गरेका थिए। उनि गण्डकी प्रदेशको उधोग, पर्यटन बन तथा बाताबरण मन्त्रालयको सचिबको रुपमा समेत काम गरेका थिए । गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गर्ने क्रममा शुक्रबार १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र ६ जना सहसचिवको सरुवागर्ने क्रममा गुरुङ र शर्माको पनि सरुवा गरेको हो ।
मन्त्रालयले सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरेको छ । यस्तै स्याङ्जाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सीडीओ भविश्वर पाण्डेलाई पाल्पा, सुर्खेतका सीडीओ जगदीश्वर उपाध्यायलाई नलपलपरासी (बर्दघाट सुस्तापूर्व), रामेछापका सीडीओ श्यामकृष्ण थापालाई सप्तरी र सङ्खुवासभाका सीडीओ सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ ।
यस्तै ओलखढुङ्गाका सीडीओ मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका सीडीओ टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका सीडीओ विजयराज सुवेदीलाई सर्लाही, पाल्पाका सीडीओ विनु बज्राचार्यलाई रामेछाप, उदयपुरका सीडीओ धर्मराज जोशीलाई सुर्खेतको सीडीओ र सर्लाहीका सीडीओ रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रालयले सहसचिव बलराम निरौलालाई अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पदस्थापना गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसथापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालय वा अन्तर्गत सरुवा भइआएका सहसचिवलाई जिम्मेवारी दिन र रिक्त रहेका जिल्लामा पदपूर्ति गर्न तथा अवधि पूरा गरिसकेका प्रमुख जिल्ला अधिकारीलाई अन्यत्र व्यवस्थापन गरिएको उनले स्पष्ट पारे ।
















