Play

राससमा पोखरामा कार्यरत पौडेललाई शनिबार मिलेनियम ट्रेक अवार्ड प्रदान गरिने

गुरुकुल खबर


पोखरा, मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गर्ने भएको छ । तनहुँको दुलेगौडाबाट स्यांग्जाको रामबाछा जोडिने मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । नेपालको पहिलो मध्यपहाडी पदमार्गको रुपमा लिईने सोहि मिलेनियम ट्रेकको प्रबर्द्दनमा योगदान पुर्याएको भन्दै शनिबार काठमाडौंमा हुने सामारोहमा पौडेललाई अवार्ड प्रदान गरिने भएको हो ।

हिमाली एवम् पहाडी भू दृश्यहरू अवलोकन गर्दै बालकदेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार, गुफा आदि रहेका छन । ६ रात ७ दिनको समयावधिमा पदयात्रा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य हो । तीन सय प्रजातिका चरा पाइने यस पदमार्गका ठाउँ ठाउँमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर प्रशस्त मात्रामा देख्न सकिन्छ ।

१५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र सहित अवार्ड प्रदान गर्न गर्न लागिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले गुरुकुल खबरलाई जानकारी दिए । अर्वाडका लागि एक लाख ११ हजार १११ रुपैयाँ अक्षयकोष राखिएको छ । यस अघि उक्त अवार्ड टान गण्डकी एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बर केसीलाई प्रदान गरिएको थियो ।

पत्रकार पौडेल यस अघि बिभिन्न संघसंस्थाबाट पुरस्कृत तथा सम्मानित भैसकेका छन । बि.सं.२०६३ सालदेखि राससमा आवद्ध पौडेलले त्यस अघि अन्य विभिन्न संचारमाध्यममा संलग्न रहेर काम गरेका थिए । पौडेल पोखराका पर्यटन सम्बद्ध संघ संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्का प्रेस सल्लाहाकार समेत हुन ।

२१ जेष्ठ २०८३, बिहीबार १२:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा