Play

पोखराको न्युरोडमा दुवैतर्फ पार्किंगको ब्यबस्था गर्न माग, ब्यबसायीहरु आन्दोलित

गुरुकुल खबर


पोखरा, पोखराको मुख्य सडक न्युरोडको दुबैतर्फ गाडी र मोटरसाइकल पार्किंग गर्न पाउनुपर्ने माग राख्दै स्थानीय ब्यबसायीहरु आन्दोलित भएका छन । उनीहरुले सडकको दुवैतर्फ पार्किंग गर्न पाउनुपर्ने र न्युरोड क्षेत्रका ब्यबसायीहरुलाई पलायन हुनबाट रोक्नुपर्ने माग लेखिएका ब्यानरहरु हरेक पसल अगाडी र पोखरा उधोग बाणिज्य संघको कार्यालय अगाडी समेत राखेका छन ।

यस अगाडी सडकको पुर्व तर्फमात्र पार्किंग गर्ने ब्यबस्था गरिएकोमा ब्यापार ब्यबसाय प्रभावित भएको भन्दै उनीहरु आन्दोलित बनेका हुन। यस क्रममा मंगलवार सम्पन्न ब्यबसायीहरुको भेलाले न्युरोडको पश्चिम तर्फपनि सवारी साधनको पार्किंगको ब्यबस्था गर्न माग गरेको पोखरा उधोग बाणिज्य संघका कोषाध्यक्ष समेत रहेका न्युरोडका ब्यबसायी मनोज कुमार श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए।

ब्यबसायीहरुले यस अगाडी नै कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहित स्थानीय सरकारका प्रतिनिधिहरुलाई आंफ्नो माग सहितको ज्ञापनपत्र बुझाइसकेका थिए ।

२० जेष्ठ २०८३, बुधबार ०८:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा