Play

संघिय शासन प्रणाली र युवा शसक्तिकरणका लागि पोखरामा ‘संघियता सम्बन्धि युवा सम्बाद’ कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा सोमबार ‘संघीयता सम्बन्धि युवा संवाद’ कार्यक्रम सम्पन्न भएको छ। प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र फेडरलिज्म एण्ड लोकलाइजेशन सेन्टरको सहकार्यमा भएको कार्यक्रममा वित्तीय संघीयता र समावेशी शासनका विविध बिषयमा छलफल गरिएको आयोजकको भनाई छ। बिशेष गरि नेपालको संघीय शासन प्रणाली र अन्तर–सरकारी सम्बन्धबारे युवाहरुलाई बुझाउने लक्ष अनुरुप कार्यक्रम गरिएको र यस किसिमको कार्यक्रम जनकपुर, हेटौंडा र बिराटनगरमा सम्पन्न भैसकेको बताइएको छ।

कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका ३८ पुरुष, २९ महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक हरुमध्ये विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि गरि ७० जना सहभागी थिए । कार्यक्रममा सहभागीले सरकारका विभिन्न तहबीचको अन्तरसम्बन्ध र युवाको भूमिकाबारे छलफल गरेका थिए। लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका सवाललाई केन्द्रमा राखेर विषयगत सत्रहरू सञ्चालन गरिएको कार्यक्रममा प्रदेश र स्थानीय तहको जिम्मेवारी तथा नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिईएको थियो।

कार्यक्रममा संघीयताविद् डा. खिमलाल देवकोटाले संघीयताको आधारभूत अवधारणा र सिद्धान्त सहित ‘बजेट सिमुलेसन’ मार्फत वित्तीय संघीयता र स्रोत वितरणको व्यावहारिक अभ्यासको बारेमा प्रस्तुती दिएका थिए। संविधानसभा सदस्य प्रह्लाद लामिछानेले संघ, प्रदेश र स्थानीय तहको कार्यगत जिम्मेवारी र ‘जिम्मेवारी नक्सांकन’ बारे जानकारी गराएका थिए भने राष्ट्रियसभाका पूर्वसदस्य प्रकाश पन्थले ‘समावेशिता र संघीयता – प्रतिनिधित्वभन्दा पर’ विषयमा प्रस्तुति दिएका थिए। युवा नेतृत्वमा आधारित शासन सुधारका उपायबारे मोहम्मद आयुबले सहजीकरण गरे। एफएलसीका वरिष्ठ कार्यक्रम संयोजक कृष्णकुमार साहले अन्तर–सरकारी समन्वय र निर्णय प्रक्रियाको अभ्यास गराए।

सामाजिक, भाषिक र सांस्कृतिक विविधताको सम्मान गर्दै उत्तरदायी शासन सुदृढ गर्नुपर्ने आवश्यकता सहभागीले औंल्याए। दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायको सहभागिताका लागि राज्यका सबै तह जिम्मेवार बन्नुपर्ने धारणा सहभागीले राखे।अन्तिम सत्रमा सबै सिकाइलाई समेटेर ‘प्रदेश युवा संघीयता चार्टर’ अर्थात् घोषणापत्र तयार गरिएको कार्यक्रमको सञ्चालन अधिवक्ता लुमना तुलाधार उप्रेतीले गरेकी थिईन नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुका र युरोपेली युनियनका कार्यक्रम अधिकृत कालुवा भेग्रगामोटा पनि कार्यक्रममा उपस्थित थिए ।

१९ जेष्ठ २०८३, मंगलवार ०७:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा