Play

पृथ्वीनारायण क्याम्पसमा अनुसन्धानमा मिश्रित पद्धति सम्बन्धि अनुसन्धान कार्यशाला गोष्ठी

गुरुकुल खबर


पोखरा, त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गत पृथ्वीनारायण क्याम्पसको अंग्रेजी शिक्षा विभागको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा संचालित “डायलोग टु गाइडलाइन्स: वर्कशप्स अन मिक्स्ड मेथड्स रिसर्च फर डेभलपिङ रिसर्च म्यानुअल” बिषयको तीन दिने अनुसन्धान कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

गत शुक्रबार पृथ्वीनारायण क्याम्पसको शिक्षा संकायका सहायक क्याम्पस प्रमुख डा. सुशील शर्मा भट्टराईले गोष्ठीको उद्घाटन गर्दै अनुसन्धानमा मिश्रित पद्धतिका कारण प्राज्ञिक क्षेत्रमा नयाँ विधि र दृष्टिकोणसहित काम गर्न थप सहज हुने बिश्वास व्यक्त गरे।

विभिन्न सत्रहरूमा विभाजन गरेर संचालन गरिएको उक्त कार्यशालाको पहिलो दिन ‘एआई एण्ड एथिकल इस्युज इन रिसर्च राइटिङ’ विषयमा प्रा. डा. विकास के.सी.ले, ‘डाइमेन्सन्स अफ एमएमआरडी’ विषयमा डा. नवराज न्यौपाने र डा. पिताम्बर पौडेलले, ‘कन्स्ट्रक्सन अफ डेटा कलेक्सन टुल्स इन एमएमआरडी’ विषयमा डा. पितृराज बास्तोलाले तथा ‘प्याराडाइम सिफ्ट इन इएलटी रिसर्च’ विषयमा प्रा. डा. बाल मुकुन्द भण्डारीले सहजीकरण गरेका थिए।

कार्यक्रमको दोस्रो दिन ‘फिलोसोफिकल एलाइनमेन्ट इन एमएमआरडी’ विषयमा प्रा. डा. बाल मुकुन्द भण्डारीले, ‘क्राफ्टिङ इन्ट्रोडक्सन, स्टेटिङ प्रब्लम्स एण्ड क्रिस्टलाइजिङ ग्याप इन एमएमआरडी’ विषयमा डा. हरिश्चन्द्र भण्डारीले, ‘पूर्व कार्यको समीक्षा’ विषयमा अमृत कुमार भण्डारीले तथा ‘राइटिङ मेथड सेक्सन इन एमएमआरडी’ विषयमा डा. नवराज न्यौपाने र डा. पिताम्बर पौडेलले सहजीकरण गरेको बुझिएको छ।

कार्यशालाको तेस्रो तथा अन्तिम दिन ‘राइटिङ रिजल्ट्स एण्ड डिसकसन in एमएमआरडी’ विषयमा डा. नवराज न्यौपाने र डा. पिताम्बर पौडेलले, ‘राइटिङ कन्क्लुजन एण्ड एब्स्ट्र्याक्ट्स’ विषयमा प्रा. डा. बाल मुकुन्द भण्डारीले, ‘टेक्निकालिटिज अफ साइटिङ एण्ड रेफरेन्सिङ’ विषयमा पीताम्बर गौतमले र ‘रिभ्युइङ एण्ड क्रिटिकिङ आर्टिकल्स इन एमएमआरडी’ विषयमा डा. नवराज न्यौपाने र डा. पिताम्बर पौडेलले सहजीकरण गरेको कार्यक्रममा सहभागी मदन बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

समापन कार्यक्रममा सहायक क्याम्पस प्रमुख शुशिल शर्मा भट्टराईले सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरेका थिए। अंग्रेजी शिक्षा विभागका प्रमुख युवराज दुवाडीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन सह-प्राध्यापक डा. नवराज न्यौपानेले गरेका थिए भने कार्यक्रमको संचालन उप-प्राध्यापक हिमलाल आचार्यले गरेको विभागका सदस्य भुमिराज पण्डितले जानकारी दिए।

१४ जेष्ठ २०८३, बिहीबार १४:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा