पोखरा, देशको पर्यटकीय राजधानी एबम राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रमुख पर्यटकीय नगरको रुपमा परिचित पोखराको लेकसाइड क्षेत्र चौबिसै घण्टा खोल्नुपर्ने आवाज उठेर सरकारी निकयाबता समेत यस सम्बन्धि गृहकार्य चलिरहेको बेला स्थानीय पर्यटन ब्यबसायीहरु नै चौबिसै घण्टा लेकसाइड क्षेत्र खोल्ने भन्ने कुराको बिरोधमा देखिएका छन।
पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड चौबिसै घण्टा खुला हुनुपर्ने माग बढ्दै गएपछि तत्कालिन गृहमन्त्री बालकृष्ण खांणको पालामा समेत यस सम्बन्धि पहल भएको थियो । तर चौबिसै घण्टा लेकसाइड क्षेत्र खुलाउँदा सुरक्षा चुनौती बढ्ने भन्दै सरकारी निकायबाट निर्णय भएपनि पूर्ण रुपमा कार्यान्वयन भने आउन सकेको थिएन।
जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा बनाइएको ४२ बुँदे आचारसंहिताको पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने भनि बिगतमा गरिएको सहमति उल्लङ्घन हुने क्रम बढेपछि रात्रीकालिन ब्यबसाय राति २ बजेपछि बन्द गर्नुपर्ने र रात्रिकालिन ब्यबसायको कारण असुरक्षा र सामाजिक बिकृति बढेको भन्दै आचारसंहिता अनुगमन गर्ने का प्रभावकारी बनाउन ब्यबसायीले जोड दिन थालेका छन ।
यस अगाडी केहि रात्रिकालिन ब्यबसायीहरु सहितका केहि पर्यटन ब्यबसायीहरुले लेकसाइड क्षेत्र चौबिसै घण्टा खोल्नुपर्ने आवाज उठाउँदै आएका थिए। यसै क्रममा केहि क्लब वा रात्रीकालिन ब्यबसायीहरु अदालत पुगेपछि अदालतको निर्णय अनुसार राती २ बजेसम्मको लागि अनुमति समेत लिएर क्लब र डिस्कोहरु संचालनमा आएका थिए । तर पछिल्लो समयमा लेकसाइड क्षेत्रमा संचालनमा रहेका अधिकांश दोहोरी, डान्स, डिस्को, क्लबहरु मध्ये केहि बिहान २ बजेसम्म र केहि ४ बजेसम्म संचालन भैरहेको छन कतिपयले भने बिहान ६ बजेसम्म पनि ब्यबसाय संचालन गर्ने गरेको बताइन्छ ।
२०८० चैत्र ०४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपुर्व पोखरा २४ सै घण्टा खुला रहने छ भन्ने सन्देश दिने र पोखरालार्ई पर्यटकमय बनाउने उद्धेश्य अनुरुप पोखरा महानगरका प्रमुख एवम् जिल्ला प्रशासन कार्यालयको मातहतमा बैठक बसी लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुमा २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो ।
यसैक्रममा होटल संघ पोखरा लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसाय संचालन गर्नको लागि रात्रीकालिन ब्यबसाय संग सम्बन्धित ४२ बुँदे आचारसंहिता तयार गरेका थिए। सोहि आचारसंहिता पालना गरेर रात्रीकालिन ब्यबसाय संचालन गर्नुपर्ने भनिएपनि आचारसंहिता पालनामा सम्बन्धित ब्यबसायीले ध्यान नदिएको कारण बिकृति, विसंगति र असुरक्षा बढ्दै गएको भन्दै अहिले आएर राति २ बजेपछि ब्यबसाय बन्द गर्नुपर्ने आवाज उठेको हो। ब्यबसायीहरुले आचारसंहिता कार्यान्वयनमा चासो नदेखाएकोले पर्यटन ब्यबसायीहरुले पुरानो आचारसंहिताको कार्यान्वयन एबम अनुगमनलाई तीव्रता दिन भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् ।

उक्त सहमति अक्षरसः कार्यान्वयन नहुँदा हो–हल्ला, ध्वनी प्रदूषण र विकृति बढ्दै गएको र शान्ति सुरक्षामा नै असर परेको भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई शुक्रबार ध्यानाकर्षण पत्र समेत बुझाइएको छ पोखराका पर्यटन ब्यबसायीहरुको प्रमुख संस्थाको रुपमा रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा रहेको टोलीले प्रमुख जिल्ला अधिकारी शर्मालाई बुझाएको ज्ञापन पत्रमा राति दुई बजेपछि रात्रीकालिन व्यवसायलाई संचालनमा रोक लगाउन समेत आग्रह गरिएको छ ।
उक्त आचारसंहिता पालना हुन नसक्ने व्यवसायको हकमा राती ११ः०० बजे नै व्यवसाय बन्द गर्नेुपर्ने र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनलाई निरन्तर जारी राख्ने भनी निर्णय गरिएको भएपनि अनुगमन हुन नसकेको कारण सबै खालका पसलले मदिरा बेच्ने, सडकमा अनावश्यक हो–हल्ला गर्ने, रातभरी ठुलो आवाजमा मोटरसाइकल दौडाउने पड्काउने, समाजको शान्ती सुरक्षामा खलबल पुर्याउने, पर्यटक तथा स्थानीय वासीहरुलाई त्रसित तथा आतंकित पार्ने र भय सृजना गर्ने अवस्था रहेको हुँदा यस क्षेत्रको वातावरण र शान्ती शुरक्षामा नै संकट पर्न गएको, लागू औषध प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढदै गएको कारण रात्रीकालिन ब्यबसाया राती २ बजेपछि संचालन हुन नदिन माग गरिएको छ।
दिनहुँ झै झगडा हुनेगरेको, पर्याप्त मात्रामा सीसी टीभी क्यामेरा जडान नभएको र भएको क्यामेराको उचित मर्मत सम्भार नभएको साथै पर्याप्त मात्रामा सुरक्षा साधनको अभावमा समयमै दोषी पक्रन समस्या भएको हुँदा पर्यटकीय राजधानी पोखराप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश प्रवाह हुनसक्ने भएकोले पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरु निर्मुल गर्न राती २ (दुई) बजे पछि सम्पूर्ण रात्रीकालिन व्यवसाय पूर्ण रुपमा बन्द गर्न माग गरिएकोछ।’
ज्ञापन पत्रमा रातको समयमा मोटसाइकलमा सवार गर्ने व्यक्तिहरुले बन्दुकको जस्तो आवाज निकालेर ध्वनीप्रदुषण गर्ने, आराम गर्दै र बास बसिरहेका पर्यटक र समाजलाई समेत असान्त बनाउने, पोखरा आगमन हुने पर्यटकहरुलाई विभिन्न चोकहरु (छोरेपाटन, विरौटा चोक, सिर्जना चोक, जिरो कि.मि, जरेवर, हल्लनचोक, राष्ट्रबैंक चोक र मुख्य सडकहरु) मा होटलका कर्मचारी तथा संचालकहरुले बाइक तथा स्कुटर जस्ता सवारी साधनहरुबाट दुर्घटना हुने गरी पिछा गर्ने गरेकोले त्यस्ता कुरामा रोक लगाउन माग गरिएको छ।
यसैगरी लेकसाइड क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने गरी पर्यटकहरुलाई विभिन्न प्रलोभन देखाउने, वलजफ्ती गरी त्रसित गराउने गरेकोे हुँदा पोखरामा आउने पर्यटकहरुलाई रातिको समयमा सुरक्षितसाथ होटलहरुमा पुग्ने वातावरण निर्माण गरिदिन समेत माग गरिएको छ। ज्ञापनपत्रमा आन्तरिक र बाह्य पर्यटकलाई निरुत्साहीत गर्ने काममा संलग्न होटल संचालक तथा कर्मचारीहरुलाई समेत कारवाही गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा होटल संघ पोखरा नेपाल लगायत पोखरा– ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् अन्तर्गतका सदस्य संस्था, होटल संघ नेपाल गण्डकी र अन्य पर्यटकीय संघसंस्थाका तर्फबाट हस्ताक्षर गरिएको छ ।
२ जेष्ठ २०८३, शनिबार १९:१९ मा प्रकाशित