Play

गण्डकी अस्पतालको आकस्मिक विभागलाई हेड्स नेपालद्वारा ह्वीलचियर सहयोग

गुरुकुल खबर


पोखरा, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान  पुर्याउंदै आएको हेड्स नेपालको ३३ औ स्थापना दिवसको अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) को आकस्मिक विभागलाई पाँच थान ह्वीलचेयर हस्तान्तरण गरेको छ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरि बहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्रा.डा. नारायण सिंह गुरुङलाई ह्वीलचियर हस्तान्तरण गरे ।

आकस्मिक उपचारका लागि आउने विरामी, जेष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलव्ध गराउने उदेश्यले ह्वीलचियर सहयोग गरिएको अध्यक्ष भट्टराईले बताए । सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर हेड्स नेपालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आएको र आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने उनले बताए ।

ह्वीलचियर ग्राहण गर्दै प्रा.डा. गुरुङले अस्पतालमा दैनिक ठुलो संख्यामा विरामी आउने भएकोले यस्ता सामाग्री अत्यन्त उपयोगी हुने बताए । अस्पताललाई जनशक्ति, भौतिक पुर्वाधार र प्रबिधियुक्त सुबिधासम्पन्न बनाउँदै जनताको उपचारमा सहज एवम प्रभावकारी बनाउन तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

हेड्स नेपालका उपाध्यक्ष अर्जुन प्रसाद श्रेष्ठका अनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रम भन्दा सामाजिक सेवासंग जोड्दै आएको संस्थाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा अधिवक्ता सुकदेव गौतमले संस्थाको पछिल्लो सहयोगले मानवीय संवेदनशीलता केवल भाषणमा मात्र नभई
व्यवहारमा पनि उतार्न सकिन्छ भन्ने सन्देश दिएको बताए ।

कुनैपनि सरकारी एवम् संघसंस्थाबाट सहयोग नलिने र आंफ्नो सदस्यबाटै दैनिक एक रुपैयाका दरले संकलन गरेको रकमबाट संस्थाले विकट वस्तिका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक, शैक्षिक सामाग्री तथा नगदेवालीका विरुवा उत्पादन गरेर विक्री गर्दै आएको संस्थाले जनाएको छ ।

२ जेष्ठ २०८३, शनिबार १४:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा