काठमाडौँ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने लागेको टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि उडान अवतरण बन्द हुन पुगेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।
सोमबार ( आज) बिहान टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीन द्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो । बिमानमा २ सय ७३ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेका थिए ।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो विमानस्थल अबरुद्ध हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक एबम बाह्य उडान हुन् नसक्दा विमानस्थलमा यात्रु र सर्बासधरणको चाप बढेको थियो ।
आगलागी नियन्त्रणमा आएपछि बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेकको र अन्य केही विमानले उडान पनि भरिसकेका छन् ।













