Play

गण्डकी स्पोर्टस क्लबमा १७ सदस्यीय नयाँ कार्यसमिति, अध्यक्षमा दिपकराज मुल्मी

गुरुकुल खबर


पाेखरा, पोखराको गण्डकी स्पोर्टस क्लबको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा पोखराका दीपकराज मुल्मी चयन भएका छन ।

मुल्मिको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्बाचित गरिएकोमा वरिष्ठ उपाध्यक्षमा मिलन पुन, प्रथम उपाध्यक्षमा इनोज रञ्जित, द्वितिय उपाध्यक्षमा  द्रव्यजंग राणा, सचिवमा चेतनाथ चालिसे, सहसचिवमा बिक्की गुरुङ, कोषाध्यक्षमा विकास बिजुक्छे र सह–कोषाध्यक्षमा सुजन गुरुङ (रेयस) लाई चयन गरिएको छ।

कार्यसमितिको सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ चयन भएको बताईएको छ। क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा निर्बिरोध रपमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

साधारण सभाको बन्द सत्रमा सह–सचिव चेतनाथ चालिसेले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विनोद गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरिएको थियो । उक्त अधिबेशनको उद्घाटन एन्फा कास्कीका पूर्व अध्यक्ष एबम पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मोतिमान शाक्य र सदस्य बिकी गुरुङले शुभकामना मन्तव्य राखेका थिए। निवर्तमान अध्यक्ष उमेश सिकेको अध्यक्षतामा सम्पन्न क्लबको अधिबेशनको उद्घाटन कार्यक्रममा निवर्तमान सदस्य अनिरुद्र उदासले स्वागत मन्तव्य र सहसचिव चेतनाथ चालिसेले कार्यक्रम संचालन गरेका थिए । वि.सं. २०५३ मा पोखरामा स्थापना भएको गण्डकी स्पोर्टस क्लबले स्थानीय क्षेत्रमा फुटबल, भलिबल र क्रिकेट खेलहरु संचालन गर्दै आएको छ।

२७ बैशाख २०८३, आईतवार २३:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा