पोखरा, निजि क्षेत्रको छाता संस्थाको रुपमा रहेको नेपाल उधोग बाणिज्य महासंघको मंगलवार सम्पन्न महाधिबेशनबाट कास्कीको लेखनाथ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष छत्रधर आत्रेय कार्यकारिणी समितिको सदस्यमा निर्बाचित भएका छन । जिल्ला नगर उधोग बाणिज्य संघहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १५ जना कार्यसमिति सदस्यहरुको लागि जम्मा २२ जनाको बिचमा चुनाबी प्रतिष्पर्धा भएको थियो । त्यसमध्ये गण्डकी प्रदेशका बिभिन्न जिल्लाका ३ जनाले उमेदवारी दिएका थिए।
पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष छत्रधर आत्रेयलाई बिजयी बनाउन लेखनाथका उधोगी ब्यबसायीहरुसहित अन्य ब्यबसायी पनि सक्रियता पूर्वका लागेका थिए। उनि लेखनाथ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेको उनि यस अगाडी पनि महासंघको कार्यसमिति सदस्यमा प्रतिष्पर्धा गरेको र झिनो मतले पराजित भएका थिए।
जिल्ला तथा नगर उधोग बाणिज्य संघ तर्फको कुल १ सय २९ मतमध्ये २ मत बदर भएको थियो भने लेखनाथ, पोखराका आत्रेयलाई १ सय ४ मत प्राप्त भएको थियो। महासंघको कार्यसमिति सदस्य पदमा जिल्ला नगर उधोग बाणिज्य संघको तर्फबाट उमेदवारी दिएका गण्डकी प्रदेशको बाग्लुंगका युवराज भण्डारी र नवलपुरका डासुराज पोखरेल सहित मन्जुकुमार श्रेष्ठ, राजु नेउपाने, लालिमान बुढा, विष्णुप्रसाद थपलिया र शिब मानन्धर भने पराजित भएका छन।
सदस्यमा विजयी अर्जुन कुमार श्रेष्ठले १ सय १०, उज्वल कुमार भण्डारीले ८२, केशब प्रसाद भण्डारीले १ सय, कृष्ण कटुवालले १ सय ५, गोकुल श्रेष्ठले ९७ मत पाएर बिजयी भएका छन। यसैगरी तारा बहादुर कार्कीले १ सय, दिपक नेपालले १ सय १० र प्रयास कार्कीले १ सय ११ मत पाए भने मोहन प्रसाद श्रेष्ठले १ सय २, लक्ष्मण पौडेलले १ सय ४, शंकर गिरिले ८७ मत, सन्तोष खड्काले ९७, सुदर्शन कार्कीले ८१ र हरीप्रसाद अर्यालले ९२ मत पाएर कार्यसमितिको सदस्यमा बिजयी हुन सपहल भएका छन ।














