काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियट सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। हालै सम्पन्न मतगणनाअनुसार ३३ जनाले उमेदवारी दिएकोमा सबैभन्दा बढी मत प्राप्त गर्ने १७ जना उम्मेदवार निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन्। त्यसपछि हेमन्त गोल्छाले १ हजार २ सय २ मत, अम्बिका प्रसाद पौडेलले १ हजार १ सय ८३ मत र उज्ज्वल कुमार श्रेष्ठले १ हजार १ सय ४६ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै शक्ति कुमार बेगानीले १ हजार १ सय ४२, ऋषि अग्रवालले १ हजार १ सय २२, राजेश कुमार अग्रवालले १ हजार ८२ र सुयस प्याकुरेलले १हजार ६९ मत ल्याएर महासंघको एसोसियट सदस्यमा स्थान सुरक्षित गरेका छन्।
यसैगरी सुशील थापा १ हजार ५४, रामशरण भण्डारी १ हजार ४३, बाबु काजी कार्की १ हजार ६, दिवश न्यौपाने ९९१, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जी.सी. ९४५, सुरज उप्रेती ९०७, कृष्णलाल महर्जन ८७४ र डा. रामशरण थपलिया ८६७ मतसहित विजयी भएका छन्। एसोसियट सदस्यतर्फको नतिजा सार्वजनिक भएसँगै अब एसोसियट उपाध्यक्ष पदका लागि प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठबीच प्रतिस्पर्धा भएकोमा मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ।













