Play

पत्रकार बस्नेत र बराललाई १/१ लाख रुपैयाँको दयाशंकर स्मृति पत्रकारिता सम्मान

गुरुकुल खबर


पोखरा, प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा उनका परिवारले स्थापना गरेको प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार सुर्यचन्द्र बस्नेत र कृष्णमणी बराल सम्मानित भएका छन ।v पत्रकार बस्नेतलाई विसं २०८१ र पत्रकार बराललाई विसं २०८२ को दयाशंकर स्मृति सम्मान प्रदान गरिएको नेपाल पत्कारकार महासंघ कास्कीका अध्यक्ष माधब बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

बस्नेत राससमा र बराल पछिल्लो समय बिबिसीमा कार्यरत छन । मंगलवार पोखरामा आयोजित  कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकारद्वयलाई जनही १ लाख १ हजार १११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन । त्यस अबसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पत्रकारिता सामाजिक उत्तरदायित्व सहितको पेसा भएको बताए ।

“पत्रकारिता क्षेत्रले कुनै दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु”, उनले भने। श्रमजीवी पत्रकारको पेसागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरूको सबलीकरणको दिशामा राज्यले उचित ध्यान दिनुपर्ने प्रदेश प्रमुख भट्टको भनाई थियो ।

कार्यक्रममा पालिखे परिवारका तर्फबाट सुनयना पालिखे, प्रतिभा छनोट समितिको तर्फबाट रवीन्द्रनाथ बास्तोला, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य बासुदेव मिश्र, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, उपाध्यक्ष माधव रेग्मी, सचिब भुपाल गुरुङ लगायतले पत्रकारिताको व्यवसायिकता, मर्यादा र विश्वसनीयता जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

२२ बैशाख २०८३, मंगलवार १८:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा