पोखरा, पत्रकार तथा लेखक बसन्त पराजुलीको बखान उपन्यासलाई कविडाँडा कृति पुरस्कारवाट सम्मानित गरिने भएको छ । कविडाडा साहित्य सााजले पराजुलीको ऐतिहासिक कृति बखानकालागि उक्त पुरस्कार दिन लागेको समाजका अध्यक्ष एल वि क्षेत्रीले जानकारी दिए।
पुरस्कारको राशी १५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । बखान चितवनको बस्तिविकासको चरणसगै प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको उपन्यास हो ।
यस्तै कविडाँडा साहित्य समाजले यो वर्षको देव खिना स्मृति पुरस्कार चितवनका पुराना साहित्यकार पोषराज पौडेललाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी पनि १५ हजार रुपियाँ नगद सम्मानपत्र र दोसल्ला रहेको छ । दुवै पुरस्कार जेठ ९ गते आयोजना गरिने विशेष कार्यक्रममा वितरण गरिने आयोजक संस्थाका सचिव लेखराम सापकोटाले जानकारी दिए ।














